निर्देशकको मन्तब्य

We Sherpas यो एउटा यस्तो Website हो । जसमा तपाईहरुले शेर्पा सम्बन्धि कुनै पनि जानकारी (ज्ञान) पाउन सक्नु हुनेछ । जस्तैः शेर्पाहरुको इतिहास, धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेष भूषा, खानपान र दैनिक जिवनका कुरा इत्यादि ।

We Sherpas को प्रारम्भ
कुनै पनि कार्यक्रम गर्दा त्यसको एउटा कारण हुन्छ । त्यसको एउटा उद्धेश्य हुन्छ । तर त्यसमा फल पाउनु भन्ने कुरा भविष्यको कुरा हो त्यसलाई जोकोहीले अनुमान गर्न सकिदैन । हाम्रो शेर्पा भाषामा भन्ने गरेको पाईन्छ “लोग्यु दोन्कीमश्ये न, यीमी क्षेपीक्योन्तु ग्युर” ‘घटनाक्रम वा इतिहास अर्थपूर्ण रुपले उल्लेख गरेन भने, विश्वास नहुने दोष उत्पन्न हुन्छ’ भन्ने कथनलाई स्मरण गर्नु उपयुक्त देखिन्छ । सन् १०३८ हजार वर्ष देखि प्रयोग भएको परिष्कारमुखी शेर्पा भाषाको लेखित ग्रन्थ बाट हालसम्मको प्राप्त शेर्पा भाषा लगभग १००० हजार वर्ष प्राचीन रहेको प्रमाणित भैसकेको र अझै कतिवर्ष त्यस अघि प्रचलन भइ लेख्य रुपमा वा अलिखित रुपमा आयो होला ? यस्तो भाषिक विचलनको अवस्थामा केही साल अगाडी आदरणीय गुरु श्री ङवाङ तेन्जीङ जाङपो (तेङबोक्षे) रीन्पोक्षेको अगुवाइमा प्राकृत भाषा र संस्कृत भाषाको शब्दकोश “श्यर्वी छिक्जो कुन्सल मेलोङ” नामक शब्दकोशमा म लगायत लोपोन ग्युर्मे क्षोडक (खुम्बु) र खेन्पो ङवाङ थेक्क्षोक (दोलाखा) हामी तीनजनाले प्राकृत भाषा र संस्कृत भाषाकोे आधार बिन्दुमा रही सर्वमान्य व्याकरणीय नियमकै अधीनमा रही वृहत् आकारमा १०,००० दश हजार भन्दा बढी शब्द रहेको श्यर्वी छिक्जो कुन्सल मेलोङ तयार पारिएको थियो । सायद यी सबै लेखन साम्भोटा लिपिमा भएर होला हामी शेर्पाहरुको लागी कालो अक्षर भैंसी बराबर भन्ने उखान सार्थक भए जस्तो भएको छ ।

यसै कुरालाई मध्यनजर गर्दै अब के गर्ने भन्दा ? मेरो आदरणीय दाइ श्री आङ कामी ज्युले हाम्रो सन्ततीहरुलाई खस लिपि जान्नेलाई खस लिपिमा र अंग्रेजी लिपि जान्नेलाइ अंग्रेजी लिपिमा Sherpa Language Dictionary र Conversation in Sherpa Language नामक पुस्तकहरु लेखाएर प्रकाशन गरेता पनि त्यति प्रभाव नपरेको महशुस गरेर बसिरहेको समयमा मेरो आदरणीय दाई पिके हील सोसीयल ओर्गनइजेसन (Peeky Hill Social Organization) को अध्यक्ष श्री ङिमा देण्डी ज्युले समय परिवर्तन संगसंगै प्रविधि पनि ह्वात्तै बढेको र हामीपनि त्यसैको दाजोमा जानु पर्ने देखेर प्रथमतः Sherpa Language Dictionary र Conversation in Sherpa Language मात्र राख्ने भन्नु भएको थियो पछि आएर अरु पनि केही दस्तावेजहरु जस्तैः बौद्ध धर्मको निमित्त अपेक्षित सामग्रीको रुपमा चाहिँने र त्यती मात्र नभई शेर्पाहरुको आदिमकालका इतिहासहरु धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेषभूषा, खानपान, शेर्पाहरुको विधिव्यवहार र दैनिकी जिवन यी सबै कुराहरु आजकल अतिनै न्युन रुपमा प्रयोग भएको र यस्तै गतिविधीलाई हेर्ने हो भने केही साल भित्रै शेर्पा समुदायको चिनारी अति नाजुक स्थितीमा पुग्ने देख्नु भएर यस विषयलाई गहन रुपमा सम्झी दुःखव्यक्त गर्दै यी सम्पूर्ण वास्तविक कुराहरु हाम्रो युवा पिढीहरुको आँखाको अगाडी उदाहारणको रुपमा झल्काउनु पर्ने जस्ता धेरै कारणहरुलाई मध्यनजर गर्नु भएर यति खेर हामीले केहीगर्नु पर्छ भन्नु भई पर्याप्त रुपमा धनको लोभ नगरी We Are Sherpa लाई यस्तो रुप दिनु प¥यो भनि धेरै चोटी अर्ती, उपदेश र निर्देशन दिनु भएको कारणले गर्दा फेरी एकचोटी तपाईहरु सामु आउनु पाएकोमा म उहाँ र पिके हील सोसीयल ओर्गनइजेसन (Peeky Hill Social Organization प्रति अभारी प्रकट गर्द छु ।

थुक्ज्ये क्षे । धन्यवात ।
लोपोन ङवाङ जीक्टल जङबु शेर्पा ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्