Search on Sherpa Dictionary and learn more information

Search on Sherpa Dictionary

हामी शेर्पाहरु
About image

हामी शेर्पाहरू मा स्वगतम्

༈ ཐབས་མཁས་ཐུགས་རྗེ་ཤཱཀྱའི་རིགས་སུ་འཁྲུངས།།
གཞན་གྱིས་མི་ཐུབ་བདུད་ཀྱི་དཔུང་འཇོམས་པ། །
གསེར་གྱི་ལྷུན་པོ་ལྟ་བུར་བརྗིད་པའི་སྐུ། །
ཤཱཀྱའི་རྒྱལ་པོ་ཁྱོད་ལ་ཕྱག་འཚལ་ལོ། །

༈ ཤིས་བདེ་ལེགས་ཕུན་སུམ་ཚོགས་རྟག་ཏུ་བདེ་བ་ཐོབ་པར་ཤོག།

thap-khe thuk-je shya-kyai rig-su thung. shen-ki mi-thub dud-ki pung-jom pa. ser-ki lhun-po ta-bur jid-pi ku. shyk-kyai gyal-po khyot-la chhyak-chhal lo.

विधि र करुणामा निपुण भएर शाक्य कुलमा जन्म लिनुभयो र अपराजेय भएर असुरहरूको शक्तिलाई वशमा राख्नुभयो । तिम्रो शरीर सुनको पहाड जस्तै भव्य छ । म तिमीलाई नमन गर्दछु, शाक्य राजा ।

शेर्पा शब्दकोश

Completely implement via highly efficient process improvements. engage high value before progressive data.

थप पढ्नुहोस्

शेर्पा कुराकानी

Completely implement via highly efficient process improvements. engage high value before progressive data.

थप पढ्नुहोस्

शेर्पा प्रकाशन

Completely implement via highly efficient process improvements. engage high value before progressive data.

थप पढ्नुहोस्

हाम्रो बारे मा

प्रस्तुत वी शेर्पा वेबसाइट पिके हिल सोसीयल ओर्गनाइजेसन (Peeky Hill Social Organization) को अध्यक्ष आदरणीय श्री ङिमा देण्डी ज्यूको विचारमा आधरित भएर तयार पारिएकोहो । यो वेबसाइट शेर्पा समुदाय तथा शेर्पाको धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति र भेषभुषा प्रति रुचि राख्ने विद्यार्थी, प्राध्यापक, अनुसन्धान कर्ता र शेर्पाको सामाजिक परिवर्तन र विकास प्रति रुचि राख्ने सम्पूर्ण महानुभावहरुलाई उपयोगी हुने कुरामा हामी विश्वस्त छौ ।

यस वी शेर्पा वेबसाइट मुलतः शेर्पाहरुको धर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेष भूषा, खानपानमा सैद्धान्तिक र व्यवहारिक विकास बिचको मेलमिलाप, ज्ञान र सीपको विभिन्न अनुसन्धान प्राज्ञिक क्षेत्र, परामर्श सेवामा उपयोगी हुने कुरामा हामी आशावादीछौ । यो वेबसाइट विशेष गरि शेर्पाको अवधारणा, सिद्धान्त, नमुना, अभ्यास तथा अनुभवहरुको व्याख्या र विवेचनामा केन्द्रित रहेको छ ।

थप पढ्नुहोस्

टोलीबाट सन्देश

संस्थापकको सन्देश

यो वेबसाइट मेरो आफ्नै श्रीमती र छोरा-छोरीले शेर्पा भाषा बोल्न छोड्दाको दुखद परिणाम हो । त्यसपछि मैले यो वेबसाइटको परिकल्पना गरें । अरुको भाषा बोल्नु, दखल राख्नु, बुझ्नु, ज्ञाता हासिल गर्नु अति राम्रो हो तर आफ्नो विर्सेर अर्काको भाषामा मात्रा ज्ञान हुनु कदपि राम्रो होइन । सन्दर्भमा भन्नु पर्द, तपाइहरू पनि सबै कसै न कसैको छोरा-छोरी भएकोले यो मर्म आफ्नै माता, पिता, समुदाय र राष्ट्रको हो भनी बुज्न युवाहरूलाई...

थप पढ्नुहोस्

निर्देशकको सन्देश

We Sherpas को प्रारम्भ कुनै पनि कार्यक्रम गर्दा त्यसको एउटा कारण हुन्छ । त्यसको एउटा उद्धेश्य हुन्छ । तर त्यसमा फल पाउनु भन्ने कुरा भविष्यको कुरा हो त्यसलाई जोकोहीले अनुमान गर्न सकिदैन । हाम्रो शेर्पा भाषामा भन्ने गरेको पाईन्छ “लोग्यु दोन्कीमश्ये न, यीमी क्षेपीक्योन्तु ग्युर” ‘घटनाक्रम वा इतिहास अर्थपूर्ण रुपले उल्लेख गरेन भने, विश्वास नहुने दोष उत्पन्न हुन्छ’ भन्ने कथनलाई स्मरण गर्नु उपयुक्त देखिन्छ ।

थप पढ्नुहोस्

शेर्पाको इतिहास

इतिहासको कुरा गर्दा कुनै पनि दस्तवेज, पहिले पहिलाका शेर्पा बूढापाका को मौखिक कथावस्तु, धार्मिक अभिलेख, केही टिका टिप्पणी र आजकाल गरेको कसैको रिसर्चहरुनै हुन । यस्मा संसारको उत्पाती र मनवाको सुरुवतलाई अक्षर बडीहुने डरले यहाँ लेख्नु चाहेन ।

हाल सम्म गौतम बुद्धले मार्ग दर्शक गर्नु भएक मार्गलाई नै हाम्रा गुरुजनहरु र पूर्वजहरुले निरन्तर दिदै हाम्रो बुबा आमाहरुले पनि यसै कुलोमा डोर्याइ रहनु भएको छ र भविष्यमा पनि यसैगरी यसै मार्गलाई निरन्तर्त दिनु जरुरी देखिन्छ । भने यस अन्धकारमय संसारलाई त्यगी सदाको लागी सुखावती क्षेत्रमा प्रवेश गर्नुको निमित्त कष्ट गर्दा राम्रो हुन्छ ।

थप पढ्नुहोस्