नेपाल, भारत, तिब्बत वा श्रीलंकाको बौद्ध तीर्थयात्रामा जानु भनेको एक परिवर्तनकारी अनुभव हासिल गर्नु हो जसले बौद्ध आस्थाको बुझाइ र महत्त्वलाई गहिरो बनाउन सक्छ । यी चार गन्तव्यहरू बौद्ध धर्मावलम्बीहरूका लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थल मानिन्छन् । नेपाल गौतम बुद्ध र बुद्ध धर्म सहित धेरै बुद्धहरूको जन्मस्थल हो । भारत गौतम बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ हो र केहि महत्वपूर्ण तीर्थस्थलहरू, जस्तै बोध गया (जहाँ गौतम बुद्धले ज्ञान प्राप्त गरे), सारनाथ (जहाँ उनले आफ्नो पहिलो उपदेश दिए), र कुशीनगर (जहाँ उनको निधन भयो) जस्त पवित्र स्थानहरु भएको देश हो । यी पवित्र स्थानहरुले तीर्थयात्रीहरूलाई बुद्ध धर्मको जरासँग जोड्न र बुद्धदर्शन र विश्वासको शिक्षाको गहिरो ज्ञान प्राप्त गर्ने दुर्लभ अवसरहरु प्रदान गर्दछ ।
अर्कोतर्फ, तिब्बत आफ्नो समृद्ध बौद्ध सम्पदाको लागि परिचित छ र धेरै महत्त्वपूर्ण तीर्थस्थलहरू जस्तै राजधानी सहर ल्हासा र बौद्ध परम्परामा विश्वको सबैभन्दा पवित्र पर्वत मानिने कैलाश पर्वतको घर हो। तिब्बतको तीर्थयात्राले शताब्दीयौं देखि संरक्षित तिब्बती बौद्ध धर्म र यसको सांस्कृतिक परम्पराको अनुपम मिश्रण र ७औ शताब्दी पछिको बौद्ध धर्मको विकाश कसरी भयो भन्ने बिषयको गहन हिसाबले बुझने अनुपम मौका दिन्छ ।
श्रीलंका बौद्ध तीर्थयात्रीहरूका लागि दक्षिण एसियाको अर्को महत्त्वपूर्ण गन्तव्य हो, किनकि यो बुद्ध शाक्यमुनिको दाँतको अस्तु रहेको क्यान्डी मन्दिर (जस्मा बुद्धको पवित्र दाँतको अवशेष रहेको छ) सहित धेरै पुरातन बौद्ध स्थानहरूको देश हो । श्रीलंकाको तीर्थयात्राले उक्त देशको समृद्ध बौद्ध इतिहास र अटुट सांस्कृतिक परम्पराहरूका साथै हाम्रो आफ्नो आध्यात्मिक अभ्यास र बुझाइलाई गहिरो बनाउने अवसर प्रदान गर्दछ । समग्रमा, नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा आफ्ना जीवनलाई एक सकारात्मक परिवर्तनकारी अनुभवको मौक हुन सक्छ जसले एक व्यक्तिलाई बौद्ध आस्थाको जरासँग जोड्न, यसका शिक्षाहरूको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो बनाउन र राम्रो दैनिक जीवनयापनको पद्धतिमा लागू गर्न सकिने आध्यात्मिक अन्तरदृष्टि प्राप्त गर्न प्रशस्तै मौकहरु दिन्छ ।
र माथि उल्लेखित देशहरू र गन्तव्यहरूका् दर्शन भ्रमण गर्ने निम्न तीर्थयात्रा कार्यक्रमहरू, मुख्य तीर्थस्थलहरूमा प्रवचन र पूजाहरू प्रदान गर्दै, बौद्ध गुरु, लोपोन जिक्टल शेर्पाको नेतृत्वमा हुनेछन् ।
सम्पर्क: ९८१८२३३७५२
“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम जीवनमा कम्तीमा एक पटकको बौद्ध तीर्थयात्रा कार्यक्रम महापरिनिर्वाण सूत्रमा, बुद्ध आफैले आफ्ना अनगिन्ती अनुयायीहरूलाई आफू जन्मेको लुम्बिनीमा, ज्ञान प्राप्त...
Read More
परिचय नमो बुद्ध काभ्रेपलाञ्चोक जिल्लाको पनौती नजिकै अवस्थित एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो । यो बौद्ध धर्मावलम्बीहरुले मान्ने तीन महान् बौद्धहरु बौद्धनाथ, स्वयम्भूनाथ र नामोबुद्ध मध्ये एक हो । नमो...
Read More
यात्राको छोटो परिचय तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर,...
Read More
परिचय छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाचल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट...
Read More
परिचय क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण...
Read More
परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले...
Read More
श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र...
Read More
१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक...
Read More