भारतवर्षमा लिपिको सुरुवात

इ.पू. सातौ आठौं शताब्दीतीर नेपालमा बुद्ध जन्मनु भन्दा केही सय वर्ष अगाडि देखि नै लिपि रहेको पाइन्छ । लिपिहरूको मूल आमा चाहिँ ब्राम्ही लिपिलाई मानिन्छ । ब्राह्मण भन्ने नाम चाहिँ सन् ३००–४०० (तीन चार सय) वर्ष पछि बाट भएको र त्यस समयमा यो लिपि प्रयोग गरेको हजार वर्ष भन्दा बढी भैसके पनि पछिका मान्छेहरूले यो लिपि ब्राहमणले बनाउनु भएको हो भनी लिपिको नाम पनि ब्राहमण लिपि राखिएको पाइन्छ । आध्यात्मिक गुरु गेदुन क्षोफेलले यस लिपिलाई आजकल ब्राह्मी लिपि भन्ने पनि त्यही ब्राह्मी लिपि नै हो भन्नु भएको छ । त्यस समयमा तैर्थिकहरूले पनि यहिँ लिपि प्रयोग गर्थे । बुद्ध स्वयम हुँदा राजा शुद्धोधनले आफ्नो छोरा गौतम बुद्धलाई लामो समयसम्म देख्न नपाएर यस्तो लेख्नु भएको थियो :

गर्भमा बस्नु भएको देखि
मैले तपाईलाई राम्रोेसंग संरक्षण गरे ।
क्लेशको छाताले अतिनै राम्रो संग ओगटेको हुनाले
राजाको वृक्ष पनि जहाँको त्यहि नष्ट भए ।
शिष्य धर्मको अभ्यासमा लाग्नु भएर
अहिँले तपाई स्वयं बुद्ध हुनुभई
अरुलाई शान्तिले खुशी दिनु भएर
म चाहिँ दुःख कष्टलाई आश्रय लिइरहेको छु ।
कुनै समयमा तपाईको रक्षा गर्दा
अत्यन्तै सार्थक कार्य गर्नु भएर
आफन्तको पछि लाग्नु पर्छ भन्दा
त्यस समयमा तपाईले अस्वीकार गरि
त्यसबाट तपाईले उपाधि पाउनु भयो ।
अब म र आफन्त गणहरूलाई
कृपा र स्नेह पश्चात् शरणमा लिनुहोस् ।
र सक्षम बुद्धि पाउनको निम्ति
लीला प्रकट गरि दिनुहोस् ।

भनी लेखेर भिक्षु क्षर्काको हातमा पठाउनु भएर बुद्ध स्वयमले हातमा लिई पढ्नु भएको चिट्ठी यसै लिपिमा लेख्नु भएको थियो भने बुद्ध महापरिनिर्वाण भएपछि पहिलो धर्म संगीति पनि यही लिपिमा उतारिएको थियो ।इ.पू. ३०४–२३२ माराजवंशावलीको समयमा राज्य चलाउने धर्मराजा सम्राट् अशोकले स्थापनागर्नु भएको पैतीस ओटा जति स्तम्भ मध्ये दुईवटा बाहेक अरु सबै ब्राम्ही लिपिमा मात्र कुँदिएको देखिन्छ । त्यसो भए यो लिपिको वनावट कस्तो हो भन्दा गेदुन क्षोफेलको भनाई अनुसार गुप्ता लिपिको ‘क’ ‘ख’ जुन छ त्यही हो । यो लिपिको उत्पत्ति वा मुल मुहानको बारेमा भारतवर्षका मान्छे आफैले बनाएको वा अरु ठाउँबाट आएको र अरु ठाउँबाट आएकोमा पनि विचार नमिल्नेहरू धेरै भएपनि उचित चाहिँ यसको वनावट प्राय जसो अरामाको स्वर व्यंजन लिपिको आकार अनुरुप भएको हुनाले त्यहाँबाट विकास भएको मानिन्छ । उहिलेको लिपि पनि पछि आएर भारतवर्षका मान्छेहरूले लामो समयसम्म विस्मृति भएर उन्नाइसौँ शताब्दी भित्र आदितका लिपिहरू अनुसन्धान गर्नेहरूले फेरि पढ्न जानेका हुन् ।

चौथो शताब्दीको समयमा भारतवर्षमा साहित्यिक कृति र कला शिल्पहरू बृहत रुपमा फैलिए स्वरुप ब्राह्मी लिपि पनि क्रमश गुप्ताको लिपिमा परिवर्तन भए । गुप्ताको राज वंशावलीमा अगाडी पछाडी दुईवटा आदितका लिपिहरू रहे । पहिलो सन् ३२० (तीन सय बिस) मा स्थापित भएर दोस्रो चाहिँ सन् ५३५ (पाँच सय पैतीस) देखि ७३० (सात सय तीस) वर्षको बीचमा हो । सातौं शताब्दीको अन्ततिर गुप्ताको त्यही लिपि आधार मानेर नगरको लिपिमा परिवर्तन भयो । आठौं शताब्दीमा नगरको लिपिबाट रञ्जनालिपि विकास भएको मानिन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्