भाषा र लिपिको विकास

भाषा र लिपि विकास भएको इतिहास यस प्रकार छ । संसारका लिपिहरू विकास भएर फैलिएकोमा क्रमशः तिन किसिमका लिपिहरू छन् ।
क) आदिम कालको लिपि 
ख) पुर्खौली लिपि 
ग) स्वर, वर्ण र व्यंजनको लिपिहरू 

क) आदिम कालको लिपि 
प्रथमतः आदिम कालको लिपिको समयावधि ई.पू. (८०००) आठ हजार वर्ष देखि ई.पू. (३५००) तीन हजार पाँच सय वर्षको बीचमा करीब (४५००) चार हजार पाँच सय सय वर्ष जतिको लामो समय सम्म रहेको पाइन्छ । त्यो समयमा कुनै पनि विषयको उदाहरण लक्षण झल्कने अनेक थरिका चित्रहरू प्रयोग गरिएको पाइन्छ । जस्तैः
१) कुँदिएको  लिपि 
२) भीर पहरोको लिपि 
३) धारा लिपि वा पारम्परिक लिपि

१) कुँदिएको लिपिः कुँदिएको लिपि भन्नाले कुमालेले बनाएको माटोको घैटा, गाग्रो, काठ र ढुंगा इत्यादि माथि नाना थरीका नक्साहरू कुँदेर अर्थ बुझाउन सफल भएको पाइएको छ ।

२) भीर पहरोको लिपि: भीर पहरोको लिपि चाहि भीर ओडार इत्यादिमा लेखिएको वा कुँदिएको लिपि हो । जनावर खेदेको, वस्तु चराएको, लडाई गरेको जस्ता धेरै चित्रहरू कुनै लिपिको प्रत्यक्ष रुपमा नदेखिए पनि लक्ष्य र उद्देश्यले विषय वस्तुसम्म पु¥याएको देखिन्छ भने त्यो समयमा नक्सा र लिपि एक आपसबाट अलग हुन लागेको देखिन्छ ।

३ धारा लिपि वा पारम्परिक लिपिः धेरै चित्रहरू समेटेर लेखे पनि आ(आफ्नै अर्थ बुझाउन सक्ने जस्तै जिवजन्तु, जंगल, पहाड, नदी, नाला, फुल, घर, बाटो इत्यादि संगै मिसाएर लेखे पनि कुनै पनि विषय बस्तुको अर्थ लाग्ने बुझिन्छ । यस्तो चित्र लिपिलाई पढ्नको लागि कुनै स्वर र व्यंजनको निश्चित नभएको र भाषाको पनि कुनै प्रकार र किसिम नभएको देखिन्छ । त्यसैले चित्रमा हेरेर अर्थको अनुमान गर्नु वा त्यसलाई व्याख्यागर्नु पथ्र्यो । त्यस समयमा मान्छेहरूले अक्षर लेख्ने प्रचलन नभए पनि केही अर्थपूर्ण विषयहरू स्वर नभएको उपायलाई अपनाएर नाना थरीका चित्रहरू कोरी उदाहरण मार्फत बुझ्ने, बुझाउने कोशिस गर्थे ।

ख) पुर्खौली लिपि 
दोस्रोमा पुर्खौली लिपिको अवस्था चाहिँ ई.पू. ३५०० (तीन हजार पाँच सय) वर्ष अलि अगाडि देखि ई.पू. ११०० (एघार सय) वर्ष भित्र युरोपको मध्यभाग समुन्द्र नजिकै पुर्व दक्षिण तिर स्वर र व्यंजन को लिपि सुरु भएर २४०० (चौबीस सय) वर्ष जति लामो समय सम्म रहयो । त्यो अहिले इराकको राज्यबाट बगेको युफ्रेटिस र टिग्रीस दुई नदी नजिकै केही जातका मान्छेहरू बस्ने गर्थे र ती मध्ये युफ्रेटिसभन्ने मान्छेहरूले लिपि निर्धारण गरेर काँटी लिपि बनाएको पाइएको छ । किन काँटी लिपि भनिएको भन्दा अक्षर सबैको टाउको काँटी जस्तै थिए । यो लिपि मनुष्य जातभित्र सबै भन्दा पहिलो र पुरानो लिपि भएको हुनाले इतिहासमा बहुमूल्य मानिन्छ । यो काँटी लिपि विस्तारै विनाश हुँदै  गएर ई.पू. ३००(तीन सय) वर्ष देखि ई.पू. १०० (एक सय) वर्ष सम्ममा अलि फैलिएको भए पनि लोप भएर गयो । त्यस पछि १५०० (पन्ध्र सय) वर्ष पूर्व तत्वज्ञले भेटाए पनि अठारौं शताब्दीको अन्त सम्ममा पनि त्यसको अर्थ बुझ्ने कोही भएन । उन्नाईसौं शताब्दीमा मात्र त्यसको अर्थहरू बुझने पुरा प्रयास भएको पाइएको छ ।

त्यसको केही समय पछि मिश्रका मान्छेले देउताको अक्षर भनेर नयाँ लिपि सिर्जना गरे । त्यसमा उनिहरुले कुँदिएका लिपि, शास्त्रको लिपि र सर्वसाधारणका लिपि गरी तीन थरीका लिपिहरू बनाए । कुँदेको लिपि चाहि धर्म स्थल, देवी देवता पुज्ने स्थल र श्मशानका ढुंगाहरूमा प्रयोग गरिन्थ्यो । शास्त्र लिपि चाहि पहिलाको कुँदेको लिपिलाई अलि छिटो लेखेर जीवजन्तुहरूको नक्सा त्यति स्पष्ट नदेखिने तरीकाले लेखेको देखिन्छ । यस लिपिलाई सर्वप्रथम त दर्शन र प्रवर्तक दुबैले प्रयोग गर्दै आएका थिए । पछि सम्प्रदायले मात्रै प्रयोग गरी धर्मशास्त्र लेख्ने हुनाले शास्त्र लिपि भन्ने गरियो । सर्वसाधारण लिपि चाहिँ शास्त्र लिपिमा रहेका धेरै नक्साहरू र कति झमेला लिपिहरु सजिलैसंग सर्वसाधारणले प्रयोग गर्न सक्ने भएर त्यस्तो नामकरण गरेका हुन । ती तीनवटै लिपिहरू एक आपसमा अति धेरै भिन्न थिए । ती लिपिहरू मध्ये दोस्रो चाहिँ सन् ३०० (तीन सय) वर्ष भित्र नष्ट भयो भने सर्वसाधारणले प्रयोग गर्ने लिपि चाहिँ सन् ५०० (पाँच सय) वर्ष सम्म रहि नष्ट भएर गयो ।

यसरी यी लिपिहरुको पैतीस सय वर्ष पुरानो इतिहास सबै बालुवा मुनि सुते जस्तो कसैले पनि देख्न र बुझ्न सकेन । १५०० (पन्द्र सय) वर्ष जति भएपछि वैज्ञानिकहरूले भेटे पनि त्यसलाई अध्ययन गर्न जमर्काे भएन । सोह्रौं शताब्दी देखि अठारौं शताब्दीको बिचमा ३०० (तीन सय वर्ष) को लामो समय सम्म परीक्षण गरे पनि केही पत्ता लागेन । सन् १७९९ (सत्र सय उनान्सय) मा फ्रान्सको आर्मी प्रमुखले मिश्रको रोसेट्टा भन्ने ठाउँबाट एउटा स्तम्भ पाए । त्यही मिश्रको गोप्य लिपिहरूको साँचो साबित भयो । त्यो स्तम्भ चाहिँ ई.पू. १९७ (एक सय सन्तानब्बे)  वर्ष देखि ई.पू. १७६ (एक सय छयहत्तर) वर्ष भित्र बनाएको बुझिन्छ । त्यसमा मिश्रका भिक्षुहरुले राजालाई लेखेको वंदना रहेका र त्यसलाई अनुसन्धान गर्दा मिश्रको सर्वसाधारणको लिपि रहेको पत्ता लाग्यो र त्यसलाई हेरेर कुँदेको लिपिहरू थाहा पाइयो । अन्तमा शास्त्र लिपि पनि पत्ता लागेर सबैले जान्ने र बुझ्ने भए । त्यसपछि मिश्रको तीन हजार पाँच सय वर्ष पुरानो इतिहासलाई सबैले फेरि एक चोटी देख्ने र पढ्ने मौका पाए ।

त्यस पश्चात् ई.पू. १३०० (तेह्र सय) वर्ष अगाडी तिर दक्षिण एसियाको प्रान्तमा कछुवाको हड्डी र अन्य जीवजन्तुहरूको हड्डीमा कुँदेको छालाको लिपि भेटियो । त्यस समयमा पश्चिम तिरको लिपि सिर्जना भैसकेको हुनाले यो लिपि पनि त्यसलाई नै हेरेर बनाएको हुनसक्ने अनुमान गरिएको छ । त्यस समयमा कछुवाको हड्डी र जीव जन्तुको हड्डीमा नाना थरीका चिह्नहरू लेखेर राज्यको कामकाजको लागि राजाले जोखना हेर्ने गर्थे । जोखना हेरेको गोटी र राज्यको लेखाजोखा गरिएको सबै छाला र हड्डीमा लेखाएर राख्ने गर्थे । एक दशक भन्दा बढी राजाहरूको वंशावली इतिहास २७० (दुइ सय सत्तरी) वर्ष जति लामो समयमा छाला र हड्डीमा लेखिएको लिपिहरू धेरै भए । यहि लिपि आजकलको चिनियाँलिपिको पहिलो वंश हो भन्ने कुरा प्रख्यात छ ।

यति भए पनि यो लिपि लामो समयसम्म हराएर कसैले पनि नजान्ने भए । त्यसपछि सन् १८९९ (अठार सय उनान्सय) मा पेचीङ्का लिपिविद् डा. वाङरु योन बिरामी भएर चाईनिज दबाई खाने क्रममा त्यो दबाई भित्र (Dragon Bone) अजिङ्गरको हड्डी भन्ने रहेको माथि नाना थरीका नक्सा थिए । नक्सा भित्र रातो रंग लगाएको भेटियो । उहाँले यो धेरै पुरानो लिपि हुन सक्ने अनुमान गरी तत्पश्चात अजिङ्गरको हड्डी धेरै किनेर परीक्षण गरि हेर्दा कुनै लिपि भएको निष्चित भयो । यसबाट ४००० (चार हजार) जति अक्षरहरू निकाले पनि पढ्न जान्ने अक्षर १००० (एक हजार) जति मात्र रहेको पाइयो । त्यसै गरि

क) युफ्रेटिसका मान्छेहरूले सिर्जना गरेको काँटी लिपि 
ख) मिश्रका मान्छेहरूले नयाँ सिर्जना गरेको देव लिपि 
ग) र चिंनीयाँहरुले सिर्जना गरेको छाला र हड्डीको लिपि 

यी तीन थरीका लिपिहरूलाई पुर्खौलीका तीन लिपि भनिन्छ । यी तीनवटै लिपिहरु उहिलेको समयमा कुनै पनि विषयहरू शारीरीक बनावटको नक्साहरु लेखेर बुझ्ने मात्रै थिए । यी तीनवटै लिपिहरुको बाहिरी रुप नमिले पनि भित्री सिद्घि पाउँनुमा भने अति मिलेको पाइन्छ ।

ग) स्वर र व्यञ्जनको लिपि
काँटी लिपि र देव लिपिहरू सिर्जना गरेर २००० (दुई हजार) वर्ष जति भए पछि ई.पू. १७०० (सत्र सय) वर्ष देखि ई.पू. १५०० (पन्द्र सय) वर्ष सम्म स्वर र व्यञ्जनको लिपिको विकास भएको पाइन्छ । अहिले रहेको स्वर र व्यंजन मध्ये सबैभन्दा पुरानो प्यालेस्टाइनबाट सुरुवात भएको ई.पू. १७०० (सत्र सय) वर्ष जतिमा सिर्जना भएको पाइन्छ । यीसबै पूर्वी समुन्द्रतटको धेरै गाउँबाट विकास भएको पाइएको छ ।सेमीट्स स्वर र व्यञ्जनको लिपिको विकास चाँहि पुर्वी समुन्द्रपार युरोप आजकल लेबनान भनिन्छ भने पहिला सिरियाप्यालेस्टाइनमा भएको पाइएको छ। त्यहाँका बासिन्दाहरू व्यापार गरेर जिविका चलाउँथे । उनीहरूको उत्तर पूर्व तिर काँटी लिपि प्रख्यात भयो भने दक्षिण र पश्चिममा मिश्रको देव लिपि प्रख्यात भएको भए पनि उनीहरूलाई त्यस्ता झन्झट लाग्दा लिपिहरू अध्ययन गर्ने फुर्सत नभएर ती लिपि भित्र रहेको स्वर र सुरको उदाहरणहरुका चिह्न र संकेतहरू नक्कल गरि आफ्नो भाषा भित्रको सुरहरूको उदाहरण, चिह्न, लिंग र नक्साहरू विकास गरिएको पाइन्छ । ती चित्रहरूलाई आधार मानि व्यापारिक वस्तुहरूको नाम र मूल्य इत्यादिको विषय सुचीहरू तयार पारेको भेटिएको छ । उनीहरूलाई त्यो समयमा स्वर र व्यञ्जनका अर्थ बुझ्नु भन्दा पनि आफ्नै दैनिकी व्यापरमै व्यस्त रहेर यति धेरै फाईदा हुन्छ भन्ने सम्झेका थिएनन । कालान्तरमा यो लिपि अन्य लिपिहरुको तुलनामा विशाल र सफल लिपि हुन पुग्यो ।

त्यसरी स्वर र व्यञ्जनको लिपिको विकास भए पछि स्वर र व्यञ्जनको मूल शाखा चारभागमा बाँडिन गयो ।
क) क्यानाइट (कनानी) स्वर र व्यञ्जनको लिपि
ख) अरमाइकस्वर र व्यञ्जनको लिपि
ग) दक्षिणसबाको स्वर र व्यञ्जनको लिपि 
घ) ग्रीकको स्वर र व्यञ्जनको लिपिहरुहुन्  

त्यहाँ बाट क्रमश स्वर र व्यञ्जनका मूल शाखाहरू विश्वको पुर्व पश्चिमको दुई दिशातिर फैलिएर विकास भए । पूर्व दिशा तिर फैलिएको चाहिँ अरमाइक, कनेनिट, (कनानी), र ग्रीकको स्वर र व्यञ्जनको मूल शाखाको रुपमा रहे । त्यसमध्ये अरमाइकको लिपिले एसिया महाद्धीप सबै ओगटेर विस्तारै दशौं थरीका लिपिहरू विकास भए । ती सबैको लिपि चाहिँ अहिले अरब राष्ट्रमा प्रयोग भईरहेको स्वर र व्यञ्जनको लिपि त्यही भएको विश्वास गरिन्छ । त्यसलाई किन आरमा भनेको भन्दा सिरियाबाट बग्ने दुई खोलाको किनारमा बसोबास गर्ने मान्छेहरूलाई आरमा जाति भनिन्छ । उनीहरूको आरमा लिपिमा ठुला–ठुला स्तम्भहरू कुँदिएका छन् । अरब र अरु पनि मिश्र, ग्रीक, उत्तर अरब र भारतमा पनि धेरै जस्तो कुँदिएका स्तम्भहरू पाइएको छन । बढी जस्तो ई.पू. सातौं शताब्दीको आसपासतिर सिरिया दुई खोलाको किनार मात्र नभै यो लिपि मिश्रदेखि (Asia Minor) पश्चिम एशियाको (स–सानो) देश हुँदै  भारतवर्ष सम्म व्यापारको लागि प्रयोग गर्ने लिपिमा समावेस भएको पाइन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्