भाषा र लिपिको स्थानान्तर इतिहास

भाषा र लिपिको स्थानान्तरण भनेको चाहिँ भाषा र लिपिहरु पहिला नभएर नयाँ सिर्जना गरि नष्ट नभएसम्म को अवस्थालाई बुझिन्छ । माथि उल्लेख गरे जस्तै विश्वकै मान्छेहरुको आ–आफ्नै जात भित्र भाषा र लिपिहरुकैयौँ हजार वर्ष पहिलादेखि नभएर नयाँ विकास भए । त्यस मध्ये धेरै जसो भाषाले आ–आफ्नै समय र स्थानमा विकासीत भई लोप पनि भई सकेका छन । प्राय जसो भाषाले चाहिँ अझै पनि यस संसारमा जीवितै रहेर मान्छेहरुको मनको चाहनाहरु पूरा गरिरहेका छन् । त्यसोभए यस संसारमा हाल जम्मा कति ओटा चाहि भाषा र लिपि छन भनी बिसौँ शताब्दीको सुरुवात तिर रहेका भाषाविद्हरुले राम्रो खोज अनुसन्धान गर्न नसकेको देखिन्छ । कसैले भाषा र लिपि ३००० (तीन हजार) छन् भने कसैले १०,००० (दश हजार) छन् भने पनि आजकल विश्वमै आधार मानेर ठूला–ठूला भाषा र लिपिलाई परिक्षण गरि सन् १९९६ (उनाईस सय छयानब्बे) को १३रौं अवसरमा मनुष्य जातिको परिक्षण आवेदन टीका टिप्पणी भन्नेमा भाषा र लिपिको पर्यायवाची गन्ति ६७०३ (छ हजार सात सय तीन) भएको पाइएको छ । सन् १९९६ (उनाईस सय छयानब्बे) मा अन्तर्राष्ट्रिय भाषा, लिपि सर्व संग्रह ज्ञातव्यले ६३०० (छ हजार तीन सय) छन् भनेको छ । विश्वका भाषा लिपि मानचित्रले भने ६७९६ (छ हजार सात सय छयान्ब्बे) भाषा र लिपि छन् भनेको छ । त्यसमा आजकलको मान्छेहरुको दैनिक बोलचालमा रहेको भाषा चाहिँ ६००० (छ हजार) को हाराहारीमा छन् भनी उल्लेख गरेको पाईन्छ । विश्वमै ख्याति प्राप्त भाषाविद् डेवीड क्रिस्टलले सन् २००० (दुइ हजार) मा विश्वकै भाषाको गन्ति ६००० (छ हजार) जति छन भन्नु भएको छ । तीभाषा बोल्ने धेर–थोर बाट हेर्दा डेवीड क्रिस्टलले लेखेको “भाषाको मरन” भन्ने किताबमा भाषा प्रयोग गर्ने मान्छे दश करोड भन्दा बढी भएको भाषा ८ आठ वटा छन् :

क) अंग्रेजी
ख) चिनियाँ
ग) स्पेनीस
घ) रुसी
ड) पोर्चुगल
च) हिन्दी
छ) जापानी
ज) र बंगली

बोल्ने मान्छे १,९९,९९,९९९ (एक करोड उनान्सय लाख उनान्सय हजार नौ सय उनान्सय) सम्म भएको भाषा बहत्तर छन् । बोल्ने मान्छे एक करोड देखि नौ करोड नौ लाख नौ हजार नौ सय उन्नसय सय भएको भाषा दुई सय उनान्चालीस छन् । एक लाख देखि नौ लाख उनान्नब्बेहजार नौ सय उनान्सय सम्म भएको भाषा सात सय पन्चान्ब्बे छन् । बोल्ने मान्छे दश हजार देखि नब्बे हजार नौ सय उनान्सय सम्म भएको भाषा सोह्र सय पाँच छन् । बोल्ने मान्छे एक हजार देखिनौ हजार नौ सय उनान्सय सम्म भएको भाषा सत्र्र सय बयासी छन् । बोल्ने मान्छे एक सयदेखि नौ सय उनान्सय सम्मा भएको भाषा हजार पचहत्तर छन् । बोल्ने मान्छे दश देखि उनान्सय सम्म भएको भाषा तीन सय दुई छन् । बोल्ने मान्छे एक देखि नौ सम्म भएको भाषा एकासी वटा मात्र पाइएको छ । अरु पनि एक सय अठहत्तर भाषा बोल्ने मान्छे दश देखि पचास जना जति पनि छैन । एक सय उनान्सय भाषा बोल्ने मान्छे बाह्र जना जति पनि छैन । एकाउन्न वटा भाषा बोल्ने मान्छे एक–एक जना जति मात्र भएको पनि उल्लेख गरिएको छ । ती भाषा बोल्ने मान्छे एक करोड माथि रहेको लाई उदाहरणमा लिनु पर्दा किशोर अवस्था र युवा अवस्था जस्तै मान्न सकिन्छ। ती भाषा बोल्ने मान्छे नष्ट भएर अति कम भएको चाहिँ बुढो भएर मर्ने अवस्थामा पुगे जस्तै मान्न सकिन्छ । त्यसो भए विश्वमा कति वटा लिपि छन् भन्दा ती भाषाहरुमा झन्डै सत्तरी प्रतिशत जतिको आफ्नो लिपि छैन । लिपि भएका भाषाचाहिँ जम्मा पन्द्र सय जति छन् भनि उल्लेख गरिएको पाईन्छ । यी भाषा र लिपिहरुले अहिले विश्वमा मान्छेहरुलाई संकेत आदनप्रदान गर्ने काम गर्दैछन । कुनै पनि धार्मिक सिद्घान्तहरु र उहिलेको गृहस्थीहरुको विभिन्न थरिका विद्याहरुले व्याकृत गरेर मनुस्य जाति आ–आफ्नो विचार र विद्या त्यति मात्र नभएर विद्या आफ्नै स्वभाव र परम्परा अनुसार संरक्षण गरेर नष्ट हुन नदिई अवस्थित रहने काम गरिरहेका छन् ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्