भाषा र लिपि नष्ट हुनबाट बचउने तरिका

नष्ट हुनबाट कसरी रक्षा गर्ने दुइ वटा पक्ष छन;
१) कहिले रक्षा गर्ने समय
२) कसरी रक्षा गर्ने उपाय 

१) कहिले रक्षा गर्ने समय
पहिला रक्षा गर्ने समय । रक्षा गर्ने समय चाहिँ माथि उल्लेखित तिन अवस्था मध्ये दोस्रो अवस्था पार गरेर तेस्रो अवस्था प्रवेश भैसकेपछि प्रयास गरेपनि संरक्षण गर्न अति गाह्रो हुन्छ । त्यसैले यदि भाषा लिपि संरक्षण गर्ने अभिलाषा र इच्छा छ भने दोस्रो अवस्था चाहिँ समय अनुकुल भएको हुँदा त्यहाँ देखि ढिलो नगरि रक्षा गर्नु पर्ने भाषाविद्हरूको भनाइ छ ।

२) कसरी रक्षा गर्ने उपाय
भाषा र लिपि रक्षा गर्ने १० उपायहरु यस प्रकार छन् :
१. भाषा प्रवर्धन गर्ने उत्कट इच्छा 
२. मातृभाषामा मात्र कुराकानी गर्ने 
३. संवैधनिक हक लिने
४. विद्यालय पाठ्यक्रममा मातृभाषा
५. मातृभाषामा पाठ्यक्रम विकास
६. युवावर्गलाई मातृभाषा तालिम
७. मातृभाषामा संचार
८. आगन्तुक शब्दको शेर्पा कारण
९. भाषाको प्रवर्धन धर्म र कला मार्फत
१०. भाषा प्रवर्धनमा एकताबद्धता

१. भाषा प्रवर्धन गर्ने उत्कट इच्छा 
पहिलोमा ती जातमा समेटिएको सवै मान्छेले एक मन भएर आफ्नो भाषा र लिपि सधैं झै वृहत रुपमा फैलाउनको निम्ति प्रतिभाशाली र वीर्ययुक्त चित्त उत्पत्ति गर्नु अति आवश्यक देखिन्छ । कतै आफ्नै जातले नै निराश भएर आफ्नो भाषा र लिपिलाई दोषी ठानेर त्याग्यो भने अरु कसैले पनि रक्षा गर्ने उपाय नै हुदैन । इतिहासको पानाहरू पल्टाउदा कुनै जातको मान्छेले आफ्नो भाषालाई दोषी ठह¥याएर त्यागेका पनि छन । त्यसको कारणचाहिँ अरु जातको मान्छेभन्दा आफै पछिल्लो वर्गको, तल्लो स्तरको, अज्ञानी र अन्धकार रहेछु भन्ने सम्झेर निराश भै केहि प्रतिभा देखाउने शक्ति र चित्त नभएर हो । यो समयमा ती जातिय मान्छेहरूलाई यी कुराहरू सिकाउनु र सम्झाउनु जरुरी छ । जस्तैः आफ्नो भाषा लिपि अरु जातको सामान्य र विशेष गरेर आफ्नै जातलाई अति खाँचो भएको छ ।यसलाई संसारमा निरन्तर रुपमा रहि रहने अमुल्य विधि पद्धतिहरू अपनाउनु पर्छ । अहिले हामी श्रीसम्पत्तिको मुनाफा लगायत सानातिना समस्या र कठिनाईहरूलाई संकोच मानेर आफ्नो भाषा भावी पिढिंहरूलाई सिकाएनौ भने कुनै दिन श्रीसम्पत्तिको लक्ष्य पुरा भैसकेर सुख शान्तिले बसिरहेको बेला सम्पत्तिको त्यति आवश्यक नभएर हाम्रो मान्छेहरूले त्यतिखेर अवश्य पनि आफ्नो भाषा, लिपि, धर्म, संस्कार, सांस्कृतिर रितीरिवाजहरू खोज्नेछन् । त्यो समयमा आफ्नो भन्ने केहि नभएको सबै भाषा संस्कृति नष्ट भैसकेर सबै मान्छेहरू उत्साहहिन भएर आफ्नो पुर्खौलीहरुलाई दोष देखाउनतिर लाग्नेछन् । आफ्नो छोराछोरीलाई मातृभाषा र लिपि सिकाउन छाडेको दिनदेखि दुई पुस्ता वा तिन पुस्तामा पुग्दाखेरी तिनीहरूले सजातिय अधिकार इतिहास र आफ्नो जातिय पहिचान अन्तसम्म खोज्दा सबै पहिलै नष्ट भैसकेको देखेर पछिल्लो पुस्ताको मान्छेहरूले अहिलेको पुस्ताको मान्छेहरूलाई इतिहास भाषा संस्कृति नष्ट पार्ने अपराधिको रुपमा हेर्नेछन् । त्यसैले अहिले हामीलाई आफ्नो सजातिय हक अधिकार अपनाउने अवसर छ । त्यसैले आफ्नो छोराछोरीलाई मातृभाषा र लिपि सिकाएर दुई तीन पिंढि पछिका मान्छेहरूलाई यस्तो गाली दिने अवसर नपाउने प्रयास गरौं । अहिले हामी आफैले गरि राखेका केहि राम्रो कार्यहरू नयाँ पुस्ताहरूलाई धेरै फाईदा हुने बारेमा पनि कोसिश गरौं । यही नै हम्रो श्रीसम्पत्ति र धर्म हो ।

२. मातृभाषामा मात्र कुराकानी गर्ने 
केही मान्छेहरूले यस संसारको जनसंख्या कम भएको जातिय भाषा वा आफ्नो जातिय भाषा र लिपि क्रमश नष्ट हुने दिशातिर मोडिरहेको थाहा पाउदैनन् । सामान्यतया ती जातिय मान्छेहरू र विशेष गरेर युवा वर्गहरूले अरु भाषाहरू बोल्न सिपालु भएर आफ्नो मातृभाषा भित्र पनि अरु भाषाको परिभाषित शब्दहरू प्रयोग गर्नु ईत्यादि चाहिँ मातृभाषा नष्ट हुने कारण र सर्वप्रथम देखि आउने लक्षणहरु भए पनि ती कुराहरू बुझ्दैनन् आझै राम्रा देख्छन् । अहिले दुई वटा सम्म भाषा बोलेपनि केही समय भित्रै नेपाल भित्र हो भने अरुको भाषा एउटा मात्र खसभाषा बोल्छन् र त्यसै गरी विदेशमा रहेकाहरुले पनि क्रमश त्यही देशका भाषा बोल्छन । यस्ता परिवर्तन भएको थाहै नपाइ अति छिटो आफ्नो भाषा सबै बिर्सिसकेका हुन्छन । यसैगरी थाहै नपाएर सबैलाई भुतकालमा कति भाषा र लिपिहरु नष्ट भएका छन् अहिले कति भाषा र लिपिहरु नष्ट हुने क्रममा छन् । भविष्यमा कति भाषा र लिपिहरु नष्ट हुने हुन यी विषयलाई आ–आफ्नो भाषा लिपिसंग सम्बन्धित निकाय र व्यक्तिहरूले बुझ्नुपर्छ र उहाँहरुले सधै गम्भीर रुपले सोच्नुपर्छ ।

३. संवैधनिक हक लिने
राज्यको नियम कानुनलाई हेरेर मातृभाषा र लिपिको हक अधिकार लिन सक्नुपर्छ । राज्यको संविधानमा जनसंख्या कम भएको वामूलवासीहरूको मातृभाषा आ–आफ्नो प्रान्तमा आ–आफ्नो गाउँठाउमा भाषा र लिपि अनुरुप अध्ययन गर्न पाउने निर्धारण गर्नुपर्छ र त्यस अनुरुप भाषा र लिपि कानुनी परम्परा अनुसार हक अधिकार उपभोग गर्न सक्नु पर्छ । दुःखको कुरा १९१० (उन्नाइस सय दश) सालमा जंगबहादुर राणाले इस्तिहार जारी गरी खसभाषा बाहेक अन्य भाषाहरुको प्रयोग सरकारी कामकाजमा बन्देज लगाएर आज यो दिन देख्नु परेको हो । म आज यसै ९ध्भदकष्तभ० वेबसाइट मार्फत तपाईहरु सबैलाई के भन्नु चाहन्छु भने हाम्रो नेपालमा कामकाजीको भाषामात्र नभै अन्य सबै मूलवासीहरु को भाषा र लिपिलाइ बराबर हक सुनिश्चित गर्नु पर्दछ । भाषाशास्त्रीले सन् २०११ (दुई हजार एघार) मा भएको जनगणना को तथ्यांकले नेपालमा १२५ (एक सय पच्चीस) जात १२३ (एक सय तेइस) मातृभाषा र १२ (बर) भन्दा बढी किसिमका लिपि प्रचलनमा रहेको दाबी गर्दै आएका छन् । तर सम्पूर्ण कामकाज भने एउटै मात्र कामकाजीको भाषा र लिपिलाई सुम्पिइ अन्य भाषालाई बहिस्कृत नै गरेको देखिन्छ ा यसो गर्दा कामकाजीको भाषा र लिपिनबुझ्नेहरुको लागि कुनै वैकल्पिक प्रावधान नै छैन । भाषा र लिपि प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएकोले राज्यले त्यसलाई निषेध गरेमा त्यसको परिणाम राम्रो नहुने र मूलवासीहरुले पनि बेलैमा बिचार पु¥याउनुपर्ने जरुरी देखिन्छ । यो हाम्रो सरकार त चराको संख्या थाहा नहुदा अनेक कार्यक्रमहरु ल्याएर हल्लाखल्लामच्चाउछ ।तर लाखौं वर्षदेखिको मानव सभ्यताको अनमोल सम्पत्ति मानिएको मातृभाषाहरु लोप हुँदा संवेदनहीन भएर टुलुटुलु हेरिरहन मात्र जान्दछ । त्यसैले आजको दिन देखि तपाईहामी सबैले आफ्नो धर्म, भाषा, लिपि, संस्कार र सांस्कृतिलाइ जोगाउन हामी आफैले हक अधिकार लिएर सर्तकता अपनाइ संरक्षण गरेनौ भने हाम्रो राज्य सरकारले केही गरीदेला जस्तो लाग्दैन ।

४. विद्यालय पाठ्यक्रममा मातृभाषा
पाठ्यक्रम सम्वन्धि हिज्जे वर्ण, नाम पद र शास्त्रगतको महत्वपुर्ण विषयहरू स्कुलको तह तहसम्म पढाउने निर्णय गर्नु पर्छ । पाठ्यग्रन्थहरू पहिले भएकोलाई मूल आधार मानी नयाँ बनाउनु पर्दछ । अरु व्यापार धन्दा कानुन परम्परा सामुदायिक सम्पत्ति ईत्यादि भित्र आफ्नो भाषा र लिपि व्यापकताका साथ फैलाउनु पर्छ । कम्तिमा पनिसार्वजनिक कार्यालयहरूको ढोकामा मुलबाटोको दायाँबाँया जाने नामहरू आफ्नै भाषा र लिपिमा लेख्नुपर्छ । निमन्त्रणा र पर्चा पम्प्लेटहरू र बैठक सम्वन्धी टीका टिप्पणी ईत्यादि सबै मातृभाषा माथि अधिकार जमाउने त्यो भाषासंग तुलना गरेर जान सक्ने वाताबरण बनाउनु सक्नुपर्छ । हाम्रो शेर्पाहरुले पनि धेरै संस्थाहरु खोल्नु भएको छ, यदि ती संस्था शेर्पाहरुकै निमित्त खोलिएको हो भने भित्र प्रवेश गरे देखिसबै कार्यक्रमहरु सुरु भएदेिख अन्त सम्ममा भाषण सभा इत्यादि सबैआफ्नै मातृभाषामा बोलीदिनु हुन हार्दिकताका साथ पहल गर्नु पर्छ । हाम्रो भाषा र लिपिको आफ्नै विशेषता छ । हाम्रो भाषा खस लिपि र अंग्रेजी लिपिमा शुद्घा लेख्न सकिदैन, तर अग्रेजीभाषा र खसभाषा भने हाम्रो लिपिमा सजिलै उतार्न सकिन्छ योनै हाम्रो लिपिको विशेषता हो । आजको दिनमाहाम्रो मातृ भाषाको शब्द अर्थहरु अंग्रेजी लिपि र खस लिपिमा लेखेर बुझाउनु पर्ने हुन्छ । तर ती लिपिहरुमा हाम्रो भाषाको ठेट शब्दहरु उतार्न नसकि शब्दको आकार टुट्ने, आकार हराएर प्रस्ट बुझन नसक्ने जस्ता धेरै समस्याहरु देखिन्छन् । त्यसो हुदा कोई मान्छेहरु हँस्दा रहेछन्, कोई मान्छेहरुको मनोबल शक्ति कम हुदोरहेछ । त्यसै कारणलाई अवलम्बन गरी हामी सबैले आफ्नो लिपिलाई फेरी एक चोटी अवसर र चुनौतीको रुपमा अपनाउनु पर्ने देखिन्छ । त्यसै गरी राज्य सरकारबट नेपालमा जति पनि लिपि रहेका छन् ती सबै लिपिहरु कागजी मुद्रामा समाबेस गरी छाप्न सकियो भने राज्यको शान बढ्नुको साथै लिपिहरु जोगाउनमा पनि ठुलो टेवा पुग्ने देखिन्छ ।

५. मातृभाषामा पाठ्यक्रम विकास
प्राथमिक, निम्न माध्यामिक र माध्यामिक विद्यालय भित्र मातृभाषाको साङ्केतिक ज्ञान, कविता, अभिवादन ईत्यादि र संस्कार संस्कृति रितिरिवाजहरू परम्परा अनुसार सिकाउने मात्र नभई ज्योतिष, कृषि र विज्ञान जस्ता विषयहरु पनि आफ्नो मातृभाषामै पढाउने ब्यवस्था मिलाउन सक्नु पर्छ । पाठ्यक्रम पनि आफ्नै लिपिमा रहेको र ती विषय पढाउने शिक्षकहरूलाई पनि समय समयमा दीक्षित गुरुबाट प्रशिक्षण र तालिमहरू दिने व्यवस्था गर्न सक्नुपर्छ ।

६. यूवावर्गलाई मातृभाषा तालिम
समुदाय भित्र मातृभाषा नजान्ने साना बालबालिका र युवा वर्गहरूलाई शिक्षित बनाउनको निम्ति अवस्था अनुसारको कक्षामा राखेर पढ्न लेख्न सिकाउनु पर्छ । मातृभाषा मार्फत वातावरण संरक्षण गर्न, वरिपरि सरसफाई गर्नु, तनमनलाई आनन्द दिन, कथा, कविता लेखपढ गर्न लगाउनु, उत्कृष्ट धर्म सम्वन्धि पनि ज्ञान दिन सक्नुपर्छ ।

७. मातृभाषामा संचार
मातृभाषामा रेडियो, टि.भि, समाचार र अन्य कार्यक्रमहरु राख्नुको साथै वार्षिक, मासिक, साप्ताहिक र दैनिक पत्रिकाहरू आ–आफ्नो विभाग छुट्टाएर प्रचारप्रसार गर्न सक्नुपर्छ ।

८. आगन्तुक शब्दको शेर्पा करण
हाम्रो भाषा र लिपि आधुनिक समयसंग मिलेर जानको लागि आजकाल जतिपनि नयाँ प्रचलनमा आएका उपकरण र काम कुराहरु सबैको नाम, पद, संकेतहरू उचित रुपमा प्रमाणित गरि दैनिक प्रयोग गर्ने र क्रमशः शब्दकोषमा समावेश गर्न सक्नु पर्छ ।

९. भाषाको प्रवर्धन धर्म र कला मार्फत
धर्म र कलाको शक्तिले अधिकतम मात्रामा भाषा र लिपिको संरक्षण गर्छ भने जति पनि विनाश भएर गएकोलाई पनि जिवित तुल्याउँछ । हामीले मातृभाषा मार्फत धर्म सम्वन्धि विधिहरू सुनाउनु, सुन्नु, अभ्यास गर्नु र व्याख्या गर्नु पर्छ । त्यसो गर्नाले भाषा र लिपिमा ठुलो टेवा पु¥याउछ । भाषाविद् डेभिड क्रीस्टलले लोप हँुदै गएका भाषाहरू उनिहरूको दैनिक जीवन र गतिविधि देखिनै विनाश हुन्छ भए पनि धर्मचाहि सधैको लागि रहिरहने हुनाले परम्परा अनुसारको धार्मिक विधि चाहिँ यो समयमा अति महत्वपुर्ण छ । किनभन्दा मानव जातको भाषा र लिपि जिवित राख्नु धर्मले ठुलो भुमिका खेल्छ । त्यसमा अफ्रिका लगायत कैयौ देशमा अंग्रेजी भाषाले नष्ट गरेको समयमा धर्म र कलासंग सम्वन्धित विषयहरू चाहिँ व्यवहारिक भाषाहरू सबैनष्ट भैसकेपछि पनि अझै जिवित रहेको देखिन्छ यसैले गर्दा धर्मलाई आस्था र आदर रहेको प्रभावले गर्दा उनीहरूले बोलेको मातृभाषालाई फेरी जिवित तुल्यउने मौका पाईन्छ, यसलाई मध्य नजर गर्दै धर्म, संस्कार र सांस्कृतिलाइ ईच्छा, चाहना, अभिलाषा र अभिनन्दनगर्नुपर्छ । कला र शिल्प पनि प्रभावशाली भएको कारणले यस बाट पनि मातृभाषाको रक्षा गर्न सकिन्छ । आ–आफ्नै भाषाको गीत गाउने नाटक र नाचगान गर्ने गर्नु पर्छ । कथा भन्ने ख्यालठट्टा गर्ने जस्ता कला र शिल्पले मातृभाषाको संरक्षण गर्छ भने अझै धेरै कार्यहरू गर्न सकिन्छ भनि आफ्नो मान्छेहरूलाई उत्साहित बनाउनु पर्दछ ।

१०. भाषा प्रवर्धनमा एकताबद्धता
हामी सबैले मातृभाषा र लिपि जोगाउन एक जुट भएर लाग्नु पर्छ । मातृभाषा नष्ट भएको फेरि जिवित तुल्याउन र संरक्षण गर्न त्यो भाषिक समुदाय सबैको कर्तव्य हो । एक–एक घरदेखि लिएर हरेक व्यक्तिको यो उत्तरदायित्व छ त्यसैले सबैले प्रयास गर्नु पर्छ । यसमा पनि बुबा आमाहरूले घरमै सधै मातृभाषा मात्र बोल्नु पर्छ । नानीहरूसंग सधै आफ्नै भाषा बोलिरहनु पर्छ । वच्चाको हेरचाह गर्ने गोठाला र स्कुलमा शिक्षकहरू पनि सकेसम्म मातृभाषा बोल्ने गर्नुपर्छ भन्ने आशा र अपेक्षा राखेर नानीहरूलाई आफ्नो मातृभाषा सम्यक रुपमा सिकाउन सक्नु पर्छ ।व्यापारीहरूले मातृभाषा संरक्षणको लागि आर्थिक सहयोग गर्नु र त्यसको लागि संगठन खडा गरिदिनु पर्छ । शिक्षक, प्रशिक्षकहरूले आफ्नो मातृभाषा र लिपि सबै विशुद्ध अध्यापनले राम्ररी समाप्त गर्नु पर्छ । भाषाविद्हरूले आफ्नो असाधारण शक्तिलाई अवलम्वन गरि मातृभाषा सधै झैं वृहत रुपमा फैलाउनको निम्ति दोष र त्रुटिहरू देखाई सहयोग पु¥याउनु पर्छ । समाचार विभागमा रहनु भएकाहरूले मातृभाषा नष्ट भएको, लोप हुन लागेको, हराएको, टुटेको, अप्रयोग, अप्रचालित, नदेखिएको, लुकेको, आकार हराएको ईत्यादिलाई र बाधा सम्बन्धित संरक्षण गर्ने तरिका लगाएत प्रचारप्रसार गर्नु पर्छ । राजनीतिज्ञहरू र कर्मचारीहरूले राज्यको संविधान भित्र मानव जातिको धर्म, मातृभाषालाई र लिपि सम्बन्धित निर्धारण गरेको छ छैन हेरी त्यसलाई अर्थपूर्ण बनाउँने उपायमा लाग्नु परिश्रम गर्नु पर्दछ । धर्म सम्प्रदायक गुरुहरूले अदृष्य शक्ति अपनाएर मातृभाषा नष्ट भएकोलाई जीवित तुल्याउनर हौसला दिनुको साथसाथै माथि उल्लेखित विद्याहरू प्राणीहित र जगतहितको निम्ति सधै प्रचारप्रसार गरि रहनु पर्छ ।

सारांस
यस एक्काइसौँ शताब्दीमा पहिलेको जस्तो आफ्नै मातृभाषा मात्रै प्रयोग गरेर अरुको भाषालाई प्रयोग नगरि वस्दा गाह्रो हुन्छ । आजकल विश्वकै मान्छेहरूसबै एक अर्काको सम्बन्ध झन्झन् बढ्दै जाँदा अरुको भाषा नसिकि नहुने बाध्यता छ । त्यस्तो बाध्यता हुनुमा तीन प्रकारको कारणहरू देखा परेको छ ।

क. अन्य भाषाको आकर्षण
अरुको भाषालाई अचम्म मानेर राम्रो नराम्रो, अपनाउनु पर्ने त्याग्नु पर्ने केही पनि नहेरि निरन्तर प्रयोग गरेर आफ्नो भाषा लोप हुन लगाउनु ।

ख. मातृभाषाको मात्र प्रयोग
त्यसलाई दुस्मनको नजरमा हेरेर नानाथरिको उपायले निषेध गरि आफ्नो मातृभाषा मात्र उत्कृष्ट सम्झि कठोर रुपले अपनाउनु ।

ग. मातृभाषा पहिला अनि अरुपनि
आफ्नो भाषालाई निरन्तरता दिई त्यसलाई लोप हुन नदिई फैलाउने, त्यसमाथि अरुको भाषा पनि सिक्ने र प्रयोग गरेर सँगसँगै हिड्न सक्नु पर्दछ । यसमध्ये पहिलोमा हेर्दा कुनै फाईदा नभएको मात्र नभई छिट्टै आफ्नो मातृभाषा र जातलाई निरन्तरता दिन नसकि यस संसारदेखि लोप हुने खतरा देखिन्छ ।

दोस्रोमा आफ्नो भाषालाई मात्र प्राथमिकता दिई अरु भाषालाई निषेध गरेर अवरोध पु¥याउन प्रयास गरे पनि समयको अभावले अति गाह्रोहुन्छ ।किनकी अहिले वैज्ञानिकप्रबिधि अति फैलिएको कारणले गर्दा जति गरेको कार्य सबै विश्वमै स्वभाविक रुपले फैलन्छ । बाहिरी उपकरणहरू जति फैलिदै गयो त्यतिकै भित्री ज्ञान कमी हुदै जान्छ । यस अवस्थमा जनसंख्या कम भएको भाषाहरूलाई अरुले पनि चासो नगर्ने र अरुको भाषालाई आफैले नअपनाए धेर थोर फाईदा पनि नहुने हुन्छ । तेस्रो बिकल्प नै छनौट गर्नु बाहेक अरु कुनै उपाय नभएको देखिन्छ ।

आफ्नो भाषानाश नपारिकन त्यसमाथि अरुको भाषालाई अपनायो भने आफैलाई उन्नति गर्न, बिकास गर्न फाइदा हुने बारेमा आत्मीयता ग्रहण गर्नुपर्दछ । अरुको भाषा, लिपि इत्यादि भनेको खोला तर्ने पुल अर्थात् कार्य सम्पन्न गर्ने औजारको रुपमा मात्र प्रयोग गर्नुपर्दछ । कुन ठाउँमा, कुन समयमा, कहिले चाहिन्छ त्यस भित्र मात्र अरुको भाषा र लिपि प्रयोग गर्नु पर्दछ । र आफ्नो भाषा र लिपिलाई निरन्तरता दिन सके एक आपसमा हानी नोक्सानी ईत्यादि आउँदैन । आफ्नो अपवाद पनि भएको हुनाले समान रुपले टिक्न सक्ने कुनै उपाय खोजि परिश्रम गर्नु नै एकमात्र विकल्प हो । त्यो पुरा गर्न कुनै उपाय नभएको पनि हैन । भए पनि अति सोचविचार साथ ब्यावस्था गर्न सकिएन भने लामो समय नबित्दै पहिलो भनाईतर्फ मोड्ने खतरा पनि नभएको हैन ।

धन्यवाद ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्