विद्याको स्वभाव

सर्व प्रथम म गुरू को चरणमा वन्दना गर्दछु । मनुष्य जातिको लामो इतिहास भित्र नियालेर हेर्दा आजकालको मान्छेको अन्तरदृष्टि अति छोटो देखिन्छ भने भाषा र लिपिको इतिहास त्यो भन्दा छोटो छ । यो समय भित्र मान्छेहरूले अनिच्छितहरू निरस्त तुल्याउनु र अभिलाषा, इच्छाहरू सिद्ध गर्नुको निम्ति भाषा र लिपिलाई मूल आधार मानी धेरै विद्या सिर्जना गरे । ती विद्याले जीविका चलाउन अति सजिलो र शान्तिपुर्ण हुन्छ भने त्यति कै अशान्ति, अस्थिरता, असन्तोष, विद्रोह र आन्दोलन देखि बिस्तारै बिस्तारै फैलेर अन्तमा विनाश हुने हो कि विस्तार हुने हो केही थाहा नपाउने स्थितिमा पुगेको छ ।

यस्ता धेरै विद्या सिर्जना गर्न सक्नेमा अरु प्राणीहरूको भन्दा मनुष्य जातिको अलगै विशेषता गुणहरू भए पनि विद्या के हो भन्दा ? यसलाई आजकालको भनाई अनुसार यस्तो भन्ने गरेको पाइन्छ । सन् १८७१ मा श्री एडवर्ड बुर्नेट येलोर अक्टोबर २, १८३२, जनवरी २, १९१७ (Sir Edward Burnett Tylor, Oct. 2, 1832, Jan. 2, 1917,) ले विद्याको स्वभावको बारेमा यस्तो विचार राख्नु भएको छ । विद्या भनेको एउटा सामान्य झन्झट र झमेला हो । त्यस भित्र बुद्धिमानी, श्रद्धा, आस्था, विश्वास, निष्ठा, आदर, कला, शिल्प, व्यवहार, कानुन, परम्परा, गाउँठाउँ र देशको प्रचलन रीति रिवाज, सामाजिक संस्कार, संस्कृति इत्यादि र मनुष्य जाति आफैमा निर्भर भएर जीवीका चलाउनु को निम्ति परिश्रम गर्नु हो भन्नु भयो । उहाँचाहिँ विद्याको स्वभावको बारेमा लेख्नु हुने पहिलो व्यक्ति रहेको पाइन्छ ।

त्यस पछि सन् १८७१ देखि १९५१ को बिचमा अस्सी वर्ष भित्र विद्याको स्वभाव को बारेमा एक सय चौसठीजना जतिले आफ्नो विचार लेख्नु भएको थियो भने अहिले त्यसको गन्ति धेरै बढि सक्यो । यसलाई परिभाषा विद्या, सामाजिक विद्या, मनुष्यको जात गोत्रको विद्या, इतिहास विद्या इत्यादि सबैको आआफ्नै ईच्छा अनुसार आफ्नै तर्फबाट निर्वचन वा स्वभाव को बारेमा राखे पनि अहिले सम्म सबैले साझा रुपमा स्वीकार्ने एउटा पनि पाइएको छैन ।

त्यसै गरी विद्याको यस स्वभावलाई म आफ्नै विचार पनि छ । मनुष्य जातिको विद्याको स्वभाव चाहिँ आफ्नो इच्छाहरू पुरा गर्नुको निम्ति मनुष्य जातिले रचना गरेको उपाय वा त्यस उपाय देखि उत्पन्न भएको ज्ञातव्य हो । यसमा मनुष्य जातिले रचना गरेको जस्तै विद्या भए पनि मान्छेहरूले प्रत्यक्ष रुपमा जीविका चलाउनुकै लागि लामो समय सम्मको विचित्र अनुभवलाई अवलम्बन गरि सिर्जना गरेको मात्रै हो । यसले स्वयं उत्पन्न भएको र जगत्कर्ताले प्रदान गरेको वा निर्माण गरेको हैन भन्ने अर्थ लाग्छ । आफ्नो इच्छाहरू पुरा गर्नु भन्नाले मान्छेहरू को मनको नाना थरीको चाहना जस्तै लोकातित वा अलौकिक धर्म सिद्धि र मोक्ष प्राप्त गर्नु र संसारीक परम्परा अनुसार मान्छेहरूलाई फाइदा पुग्ने चिकित्सा विद्या र मान्छेहरू लाई हानि नोक्सानी पुर्याउने हतियार बानाउने शिल्प विद्या र युद्ध जंग गर्ने जस्तो एकै प्रकारको सोच विचार हुने निश्चित छैन । रचना गरेको उपाय भन्नाले त्यो जान्ने बुझ्नेले मनुष्य जातिको चाहनाहरू सबै सम्यक् रुपमा सफलता पूर्वक पुरा गर्नु सक्नु हो । नजाने कुनै कार्य सिद्ध गर्नु नसक्नु वा सिद्ध गर्नु अति कठिन हुन्छ । उपाय देखि उत्पन्न भएको भन्नाले ती उपायहरू लाई अवलम्बन गरि निर्माण गरिएका जस्तै कायको प्रतिमा बुद्ध र देवी देवातको मूर्ति वा पेन्टीङ् गरिएका चित्र कला इत्यादि । वचनको प्रतिमा जस्तै धर्म ग्रन्थ र रचनाका पोथीहरू । चित्तको प्रतिमा जस्तै सानो ठुलो चैत्य इत्यादि । मनुष्य जातिले आ-आफ्नै जीविका चलाउनुको निम्ति ती उपायहरू लाई अवलम्बन गरि बलपूर्वक उत्पन्न भएको आ-आफ्नै गाउँठाउँको रीति रिवाज र प्रथाहरू हुन । यसैलाई आफ्नो ज्ञातव्य मानि नियमित रुपले सिक्ने र सिकाउने वा अर्ति उपदेश लिने र दिने निरन्तर रुपमा हुनुपर्छ । ज्ञतव्य भन्नाले सामान्यत बुद्धिगोचरमा कार्य गर्न उपयुक्त रहेको र विशेष गरेर अभिलाषा र इच्छाका कुनैपनि कार्यहरू सम्पन्न गर्नुको निम्ति बर्तमान विद्या । निर्जीवको रुप छ छैन भन्ने बारेमा रुप र अरुपका विद्या । परम्परागत विद्यालाई जातीय प्रथा अनुसार दश विद्याहरू प्रख्यात छन् । यस भित्र पनि धेरै किसिमका अन्तर र परिच्छेदहरू र यस भित्र पनि थरीथरीका सुश्र्म विश्लेषणहरू अति धेरै छन् ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्