यस संसारमा मानव जातिको सृष्टि भए देखिनै नाम र पदको बिस्तारै विकास भएको देखिन्छ । सर्व प्रथम मनको भावना अरुलाइ भन्नको निमित्त मुख बाट जुन शब्द पहिला निस्कियो त्यही शब्दलाई नै कुनै पनि सामग्रीको नाम राख्दै आएर त्यसलाई कुनै विषय छ छैन नहेरी सबैको नाम राखी, पछि आएर वास्तविक नाममा कथन गरियो । ती नामहरुलाई हेरेर अरु पनि धेरै नामहरु राखेर बिस्तारै बिस्तारै धेरै नामहरु र शब्दहरु भएर त्यस पछि अक्षर र ब्याकरणहरु बनाइयो ।
आफ्नो भावनालाई सुनाउनको लागि तन मन वचन मध्ये तन र वचनले आफ्नो भावनालाई सुनाउनु बुझाउनु सजिलो पर्ने र तन र वचन यी दुई मध्ये पनि वचन मार्फत सुनाउन सजिलो हुन्छ । उदाहरणको लागि दुईवटा समान छन भने ती दुइ मध्ये एउटा नाम भएको र अर्को चाहिँ नाम नभएको, जस्तैः नाम भएको वस्तु केवल चस्मा भन्नु साथै कुन समान हो थाह पाइन्छ । कुनै समानको नाम छैन भने त्यसको रुप रंग वनावट गुण इत्यादि मार्फत बुझाउनु पर्ने हुनाले लामो ब्याख्या गर्नु पर्ने र बुझाउनु र बुझ्नुमा पनि निकै कठिन हुने मात्र नभई अरु समान संग पनि मेल खानु सक्ने र मेल नखाए पनि स्पष्ट रुपमा बुझ्न नसक्ने जस्ता धेरै समस्याहरु आउने हुनाले कुनै पनि सजीव र निर्जिव वस्तुहरुलाई नाम चाहि अनिवार्य रुपमा चाहिन्छ । सुत्रमा “मिङ श्यीक दोक्पर म च्ये न । ज्यीतेन थम्च्ये मोङ्पर ग्युर” नाम चाहिँ राखेन भने सम्पूर्ण संसार नै अंधकार हुन्छ भन्नु भएको छ ।
नाम र पद दुईवटै मिलेर रचना गरेको स्वरको लयलाई अक्षर भनिन्छ । व्याकरणमा मूलतः तीनवटा छन् ती हुन नाम, पद र अक्षर । एक वा एक भन्दा बढी अक्षर मिलेर भनेको भाषाका शब्द–वाक्य आदिको संरचना शुद्धता आदि निरुपण गर्ने नियम शास्त्र वा विद्या, व्याख्या गर्ने नियमलाई व्याकरण भनिन्छ भने व्याकरण चाहिँ गाउँ, ठाउँ, प्रान्तमा आ-आफ्नै लिपिमा शब्द र लयको पछि पर्ने हुनाले त्यो संग मिल्दो जुल्दो व्याकरण समावेश गरेर अन्तमा भाषाको नियम बनेकोलाई नै व्याकरण भनिन्छ ।
शब्द मानव चेतनाको प्रस्तुति हो र शब्द संयोजन बाटै भाषा निस्सृत भई समाजको विकासमा बौद्धिक आधार बन्न पुग्दछ । तिब्बतमा ई.पु. १९६ मा पहिलो राजा ञ्यठी चेन्पो लगायत धेरै राजाहरु भएर भाषाको कथ्य प्रयोग भएता पनि सातौ शताब्दीतिर देखी मात्र यसको लेख्य प्रयोग हुन थालेको भेटिन्छ । यसमा शेर्पा भाषा, लिपि र व्यकरणको कुरा गर्नु पर्दा शेर्पा भाषाको क्रमिक रुपमा विकास हुदै जानुको सट्टामा अप्रयोगकै कारण विदेशी शब्दहरुको संङ्क्रमण हुनगइ शेर्पा भाषाले आफ्नो मौलिक विशिष्ट रुपलाइ धमिल्याउदै गएको अनुभव हुन्छ । मलाई विश्वास छ शेर्पा भाषाको आफ्नै महिमा, गरिमा र इतिहास छ । त्यसैले कुन शेर्पा होला जो आफ्नो भाषा प्रति गौरवमाय स्नेह नगर्ला ?
शेर्पाहरुको इतिहास केलाउदा सन् १०३८ मा मिञ्यकपाको राजा भएको बुझिन्छ । (श्यी श्य) तिब्बत को धेरै इतिहास भित्र भोट मीञ्यक वा मीञ्यकको राज्य भन्ने चाहिँ चीनको इतिहासहरुमा (श्यी श्य) भन्ने यसैलाई बुझिन्छ ।
सामान्यत विश्वकै र विशेष गरेर शेर्पाको भाषा, लिपि नष्ट हुनु नदिइ दिनदिनै बृद्धि गरेर फैलाउनुको निमित्त केही उपायहरुलाई नित्य परिश्रम गर्नु आवश्यक भए जस्तै शेर्पाहरुको भाषा र लिपि नष्ट हुनु नदिनुको लागी यस अवस्थामा धर्म शास्त्र र सुत्र बाट ज्ञान लिनु पर्ने आवश्यकता देखिन्छ ।
सन् १०३८ देखि प्रयोग भएको परिष्कारमुखी शेर्पा भाषाको लेखोट बाट हालसम्मको प्राप्त शेर्पा भाषा लगभग १००० वर्ष प्राचीन रहेको प्रमाण हो । अझै कति वर्ष त्यस अघि प्रचलन भई लेख्य रुपमा आयो होला ? यस्तो भाषिक विचलनको अवस्थामा हामी शेर्पाहरुले नै केही गरेन भने । अरु जातले जतिसुकै प्रयास गरे पनि शेर्पा भाषाको प्रगति हुन सक्दैन ।