शेर्पाको इतिहास संक्षिप्तमा

शेर्पा इतिहासको छोटो व्याख्यान गर्नु पर्दा ।

इतिहासको कुरा गर्दा कुनै पनि दस्तवेज, पहिले पहिलाका शेर्पा बूढापाका को मौखिक कथावस्तु, धार्मिक अभिलेख, केही टिका टिप्पणी र आजकाल गरेको कसैको रिसर्चहरुनै हुन । यस्मा संसारको उत्पाती र मनवाको सुरुवतलाई अक्षर बडीहुने डरले यहाँ लेख्नु चाहेन । तपाईहरु यति मात्र बुझ्नुहोस् यो संसार यो भुमण्डल कुनै ईस्वर र प्रभुले सृष्टी गरेको नभई पाणी आफ्नै कर्मफल्ले गर्दा भएको हो । यसले स्वयं उत्पन्न भएको र जगत्कत्र्ताले प्रदान गरेको वा निर्माण गरेको हैन भन्ने अर्थ लाग्छ । कुनै पनि कुराको समय हुन्छ । जस्तै भोक लाग्दा खाना । तिर्खा लाग्दा पानी । आजको दिनमा हामीलाइ हाम्रो आफ्नो पहिचान चहेको छ । पहीचान थरी थरीका हुन्छन । मान्छेको पाहीचान भनेको धर्म, भाषा, लिपि, संस्कार, संस्कृती, रहनसहन, खानपीन, लत्ताकपडा, रितीरीवाज यीनीहरुनै हुन । आज हाम्रो समजमा हामी संग सम्पूर्ण कुराहरु भए पनि, यी सबै कुराको आवश्यक छ । कीन भन्नद आज यी सबै इतिहास र संस्कारहरु विनष भएर गइ रहेका छन् । हामी मनव जातिको परम्पर के छ भने जभ छइन तभ खोज्ने । आज हाम्रो लागी यो दिन अइ पोरेका छन । त्यसैले पनि होला बुृद्ध र गुरु रीन्पोक्षेका अवातर जो हाम्रो गुरुहरुले आफ्नो सन्ततीहरुको निम्ति अक्षरमा उतरी राख्नु भएका छन भने कसैले त्यसलाई आफ्नो अमूल्य श्रीसम्पत्तिको रुपमा जो गरी रख्नु भएका छन । अहीले हामीसंग सुरक्षीत रुपमा रहेका केही दस्तावेजहरुमा ཤར་བའི་ཆོས་བྱུང་སྔོན་མེད་ཚངས་པའི་དབྱུ་གུ་ཞེས་བྱ་བ་བཞུགས་སོ།། “शर्वी क्षो ज्युङ ङोन्मे छङपी ञ्युगु” धार्मिक इतिहास र “འཇིག་རྟེན་ཆགས་ཚད་མདོ་ཙམ་བརྗོད་པའི་སྒོ་ནས་ཕ་མེས་ཀྱི་བྱུང་རབས་གསལ་དག་ཁུངས་ལྡན་རིམ་པར་བཀོད་པའོ།། “फमेकी ज्युङ्रप सल् तक् खुङ् देन्” वंशावली सम्बनदी र ूक्ल्इध्ीक्ष्न्ज्त् इँ भ्ख्भ्च्भ्क्त्ू “स्नोलाइट अफ एवरेष्ट” नामक पुस्तकमा विबहा सम्बनदी लेख्नु भएको छ । सामान्यत मान्छेको सोच विचारको कहिल्यै पनि अन्त हुदैन भने त्यसलाई व्याख्या गरेर पनि कहिल्यै सकिन्छ जस्तो मलाई लाग्दैन । शेर्पाहरुको इतिहास यती गहिरो, गहन, बृहत छ । जुन विषयलाई यहाँ अक्षरमा समेट्नु सक्छ जस्तो मलाई लाग्दैन । यो त सियोको दुलोमा खता घुसारेको जस्तो मात्र हुन्छ जस्तो लाग्छ ।

भए पनि म तपाईहरु सामु हाम्रो समाजमा बितेका कुरा, हराएका कुरा, लोप हुन लागेका कुरा र आजकलका दिनहरुलाई नियाल्दा भविष्यमा हुने शङ्काका कुरा लगायल अझैधेरै विषयहरु समेटसामेट गरी हाम्रो समाजलाई के गर्दा टेवा पुग्ला भन्ने हेतुले सकारात्मक सोच बोकेर बटुल्दा । तिब्बतमा འཕགས་པ་སྤྱན་རས་གཟིགས་ཀི། अवलोकेश्वर बुद्धको གདུལ་བྱ། विनेय जनमा हिमाली प्रदेश भोट राज्यमा ऐतिहासिक कालमा བོད་མིའུ་གདུང་དྲུག། ༡༽སེ་རྨུ། ༢༽ལྡོང༣༽སྟོང་། ༤༽དགྲ། ༥༽དྲུ། ༦༽སྤྲེ། १)सेमु । २)दोङ । ३)तोङ । ४)डा । ५)टु । ६)टे गरी ६) भाइ पूर्वजहरु हुन् । यी मध्ये शेर्पाहरु दोङ वंशावलीका सन्तति रहेको क्ल्इध्ीक्ष्न्ज्त् इँ भ्ख्भ्च्भ्क्त् नामक पुस्तकमा पूज्यनीय गुरु श्री सांगे तेन्जीन् रीन्पोक्षे ज्यूले उल्लेख गर्नु भएको छ ।

तिब्बतमा ई.पू. १९६ मा पहिलो राजा ञ्यठी चेन्पो लगायत धेरै राजाहरु भए । सन् ३३३ मा २८ सौ राजा ल्ह थो थोरी ञ्येन्चेन को दरबार को छाना माथि पङ्कोङ् क्षक्ग्यपा, चिन्ता मणि र चैत्य लगायत केही धार्मिक दस्ताबेजहरु आकाश बाटझरेर त्यस दिन देखी तिब्बतमा बौद्धधर्म को सुरुवात भएको बुझिन्छ ।

सन ६१७–६९८ मा ३३ सौ राजा सोङ्चेन गोन्पोले धेरै राम्रो विचार पुर्याएर विश्वकै सर्व उत्कृष्ट धर्म बौदधर्म भएको बुझेर (ग्यकर) भारत बाट बौद्धधर्म भित्राए । तिब्बतमा बढिनै जाडो हुने भएको कारणले गर्दा भेषभुषा र लत्ताकपडाहरुमंगोल (सोक्पो) बाट झिकाए भने खानपान र पेयपदार्थ सबै (ग्यनक) चाईना बाट सीके । उहाँले नै हाम्रो स्वर अनुसारको नयाँ लिपि बनाउनु भयो ; किन कि अंग्रेजी र देवनगरी लिपीमा हाम्रो भाषा शुद्ध सँग लेख्नु सकिदैन । उहाँले साम्ये लगायात १०८ गोन्पाहरु बनाउनु भयो भनेधेरै चैत्यहरुपनि निर्माण गर्नु भयो । दोधे समातोक लगायात धेरै सुत्र र तन्त्रहरु भोट भाषा मा उल्था गरीयो । (ल्हक्षो गेवा च्यु) देवधर्मका दश कुशल धर्म र (मीक्षो चाङ्मा च्युटुक) पवित्र मानव धर्मका सोह्रवटा नियमहरु नयाँबनाउनु भएर बौद्धधर्मको सुरुवात गरे ।

३८ सौ राजा ठीसोङ देउचेन सन् ७९०–८५८ ले भारत बाट गुरु पद्मसम्भव, उपाध्याय बोदीसतु र आचर्या वीमालामित्रा लगायत सयौ धर्मगुरुहरु निमत्याउनु भयो । लोक्षेन वैरोचाना, कावा पल्चेक, च्यङ्रो लुई ग्येलछेन र श्यङ येशे दे लगायत ले भारतमा रहेको बुद्धको वचन सुत्र र तन्त्र सबै र गुरु पद्मसंभवाको कयौ तन्त्रयान र गुह्य मन्त्रहरुव्यापकतका साथस्वागत गरी तिब्बतमा निम्त्याउनु भयो । त्यस पश्चात बुद्धधर्मको नौ यानहरु प्रचार प्रसार हुदा जताततै सुर्यको किरण झै फैलेर बुद्धधर्मको अमृतलाई अभ्यास गरी बोधिचित्त र बुद्धत्व प्राप्त गर्ने अवसर धेरैले पाउनसफल भए र भइरहेको छन् ।

४१ सौ राजा ठी रल्पच्येनले सन् ८६६–९०१ मा फेरी एक चोटी सबै सुत्र र तन्त्रहरुलाई अनुवाद गरी सुन माथी सुगन्ध थप्नुको साथै उहाँले सुत्र र तन्त्रको संरक्षन गर्नुको निम्ती धर्म गुरुहरुलाई (रप्ज्युङ ङुर्मीक्की दे) गेरुवावस्त्रमा कपाल काटेको संग र (कोकार च्यङ्लोइ दे) सेतो पोशाकमा कपाल पालेको संग गरी दुई भागमा विभाजन गरी उहाँहरुलाई नै शिरमा राखी गुरु मानेर आज सम्म पनि विश्वमै बौद्धधर्म फैलीरहेको उहाँहरुकै कृपाले हो भन्ने कुरा हामीले बुज्न जरुरी देखीन्छ ।

विशेष गरी शेर्पाहरु खाम, मिञ्यक, सेतार्, र अम्दो तिर बढी बसोबास गरेको पाईन्छ । समय वित्दै जादा (श्यी श्य) तिब्बत को धेरै इतिहास भित्र भोट मीञ्यक वा मीञ्यको राज्य भन्ने चाहिँ चाईनाको इतिहासहरुमा (श्यी श्य) भन्ने यसैलाई बुझिन्छ । थाङ राजाले राज्य चलाई रहेको समयमा केन्सुउ र ञ्यी श्य भुभागमा बसोबास गर्दै आएका (श्यी श्य) मिञ्यकहरु विस्तारै शक्तिशाली भएर थाङ राजाको मन्त्रीमण्डलमा मीञ्यको छली च्यी क्षीन् र ली ते मीङ दुईजनाले पालैपालो थाङ राज्य भित्र मन्त्रीको पदवर सम्हालेर उनीहरुको भतिजो ली येन् होउ ले सन् १०३८ मा विरोध गरेर सत्ता कब्जामा लिइ आफै राजा भएर राज वशांवलीको नाम (श्यी श्य) राखीयो भने राजधानी श्यीन्क्षीङ (आजकल को ञ्यीङ श्य यीङ टेउ को पूर्व र दक्षिण तर्फा) को हो । राज्य व्यापक रुपले सुचारु हुँदा बाइस वटा सम्म प्रान्तहरु ओगटेको बुझिन्छ भने यहाँको बासिन्दामा तङ श्यङ क्षङ, चाइनीज, मंगोलीय लगायतका जातहरु बसोबास गर्थे । यस वशांवलीको राजवंशले दस पुस्ता सम्म अधिकार जमाए । सन् १०३८देखी १२२७ सम्म झन्डै एक सय नब्बे वर्ष सम्मको लामो समय सम्म राज्य सम्हालेको उल्लेख छ । १९० वर्ष सम्मको लामो अन्तराल पछि योन् राज्यको राजा जीङ्गेर् हनले लडाई गरेर मिञ्यक को राज्य सबै ओगटेर (श्यी श्य) मीञ्यक राज्यको अन्त भएको बुझिन्छ ।

सन् १४८० को आसपासमा उनीहरु “च्यमोलाङमा” अर्थात् विश्वका शिखर सगरमाथा नजीकैको हिमशिखर समुन्द्र सतह देखी १९ हजार ५० फिट अग्लो नाङपाला काटेर आउनु भएको विज्ञातहरु बताउँछन् । यो कुनै लडाइ झगडा भएर आएको नभई धर्म र सुख समबृृद्धि को निम्ती सोलुखुम्बुको भेगमा आउनु भएको विज्ञातहरुको बुझाइ छ । यसमा बुद्धधर्म संग सम्बन्दीत केही प्रतीत्य समुत्पादका कुराहरुले पनि शेर्पाहरु सोलुखुम्बु क्षेत्र आएको हुनुपर्छ । यसमा विशेष गरी शाक्य मुनि बुद्धकै कालमा दोस्रोबुद्ध ओडीयनको लोपोन पेमा सम्भवाले अधिष्ठित गर्नुभएको गोप्य स्थान खेन्पालुङको अवयव विश्वकै हिमपर्वतहरुको गजुर सगरमाथाको काखमा युगौँ देखी गोप्य रुपमा रहेको यस स्थानलाई सन् १४४० तिरा पुज्य गुरु निधि प्रदर्शक रत्ना लीङ्पाले सोलुखुम्बुको भेगमा राम्रै अवलोकन गरी केही समय गुफा बस्नु भइ भबिष्यमा उहाँको अनुयायीहरुलाई बसोबास गर्नु यो ठाउँ उत्तम रहेको भबिष्य वाणि गर्नु भएछ ।

कुनै पनि भाव पदार्थहरु हेतु प्रत्ययमा आश्रित नभइकन स्वतः उत्पन्न हुन सक्दैननन् भन्नु भए जस्तै, त्यस समयमा च्यक मिञ्यक दोङाक् रीङ्बुको सुपुत्र क्यप् ओक् सङगे पाल्ज्योर, गुरु रत्न लीङ्पाको चेला थिए । सन् १४८० को आसपासमा गुरु रत्न लीङ्पाको भविष्य वाणि अनुसार क्यब ओक् सङगे पाल्ज्योर को सुपुत्र र ङाक्क्षङ् ग्यकार्वा क्षेन्पोले अगी गरेर खुम्बु भेगमा आउनु भएछन् । उहाँहरु एकजनाको समूह पङबुक्षे मा बस्नु भए बने अर्को समूह दीङबुक्षे मा बस्नु भएको बुझिन्छ । शेर्पाहरुले सोलुखुम्बुको भेगमा जंगलहरु फाँडेर साधारण खेती गर्ने बारी र भेडा, चौरी चराउने खर्क बनाए । ती जग्गाहरु विस्तारै आ–आफ्नो अधीनमा पारेका थिए । जस्को शक्ति उसको भक्ति भने जस्तै त्यस समयमा जग्गाको तिरो तिर्नु नपरि आफ्नै मन खुशीले जग्गा उपभोक्ता गरी रहेका थिए । सन् १७८६ सम्म शेर्पाहरु पराधीन नभई स्वतन्त्रपूर्वक जीवन निर्वाह गरिरहेका थिए । नेपाल एकीकरणको समयमा सन् १७८६ देखी १८२९ सम्म नेपाल सरकारसंग विभिन्न चरणको वार्तागरी स्वतन्त्र रुपमा आफ्ना धर्म संस्कृति र कुल परम्पराहरु पहिले जस्तै मान्न पाउने गरी नेपालमा आबद्ध भएको सहमति जुटाइ मुनजुरी गरे ।

त्यस बिचामा सोलुखुम्बुको विभिन्न स्थानमा माकगार्पा युद्ध शिविर । त्यस बेला शेर्पाहरु बसेको ओडारलाई तोङगी फुग (हजार संख्या) को युद्ध शिविर भनी चिनिन्छ । वलथोङ जोङ (नेपाल देखने) युद्ध शिविर, छुदाक जोङ र जोङलोग आदि आखडाहरु स्थापना गरेको देखिन्छ ।

शेर्पाहरु वि.सं. १८२९ सालबाट नेपालमा आबद्ध भए पनि खुला नियम र खुला सीमा भएकाले सीमा वरपर गर्न कुनै कठिन थिएन । पश्चात् सन् १९६१ अक्टोवर ४ का दिन नेपाल चीन संयुक्त सीमा कमिटीले गरेको निर्णयमा पानी ढलोको सिद्धान्तका आधारमा यस क्षेत्रका सगरमाथा लगायत सम्पूर्ण हिमशिखरका उत्तरी मोहोडाहरु चीनका र दक्षिणी मोहोडाहरु नेपालका हुन् भनी सहमति भएको थियो ।

त्यसताका शेर्पाहरु कोही उता चीनका स्वशासित क्षेत्र तिब्बततिर प¥यो भने कोही नेपालतिर । जस्तै संखुवासभाका पारी तिङके जोङ, दोलाखा लप्ची पारी रोङश्यर र सिन्धुपालचोक तातोपानीका पारी खाशा आदि स्थानका शेर्पाहरु । त्यस बेला शेर्पा सेन र नेपालका सेनाले सीमाना टाक्मार (रातो भीर) मा राखेका थिए । त्यस स्थानलाई आजकल जोङलोग भनिन्छ । शेर्पाहरुका राजा र नेपाल राजा बिच शान्ति सम्झौता गरी शेर्पाहरु पूर्वतिर बसोबास भएको मात्र नभइ पूर्वी क्षेत्र दार्जेलिङ र कलिम्पोंग प्रान्त र पश्चिममा सिन्धुपाल्चोक सम्म शेर्पाहरुले अधिकार जमाएर बस्ने गरेका रहेछन् ।

यस जातमा त्यतिखेर मिञ्यक्पा, थिमी, सेर्ता र च्यवाका थर वा गोत्र रहे पनि सोलुखुम्बुको भेगमा पुगि केही सालमा यसको उपथरहरु लामा, टक्थो, गोलेक्, युल्कोङमा, वेनासा, च्यवा, सलागा, गोपर्मा र खम्पच्ये लगायत आझै पनि धेरै उपथरहरु छन् । सन् १८५७ सम्म शेर्पाहरुका जात लेख्दा (जस्तै) पेम्बा छिरी शेर्पा भोटे लेख्ने गरेको पाईन्छ । त्यसैले शेर्पा भोटेहरु बसोवास गरेको स्थानको नाम पनि भोटेकोशी, भोटे पुल, दोलाखा (ढुङ्गामा मुख), लामा वगर, भोटाहिट, भोटे वहाल इत्यादि स्वयम् बोलिरहेको वस्तुस्थिति र पुरानो तिरोभरोको कागजहरुबाट बुझिन्छ ।

सामान्यत विश्वकै र विशेष गरेर शेर्पाको इतिहास, भाषा र लिपि नष्ट हुनु नदिइ दिनदिनै बृद्धि गरेर फैलाउनुको निमित्त केही उपायहरुलाई निम्त्यी परिश्रम गर्नु आवश्यक भए जस्तै शेर्पाहरुको इतिहास, भाषा र लिपि संस्कार र संस्कृती यी सबै नष्ट हुनु नदिनुमा धर्मको धेरै महत्त्व देखिन्छ ।

यस अन्धकारमय संसारलाई प्रकाश दिनुहुने गौतमबुद्धले हामीलाई अमुल्य खजाना सुम्पी राख्नु भएको छ । हामी उहाँको आनुयायी हौ । हामी बौद्धमार्गी हौ । तेसैले हामी शेर्पाहरु बौद्ध धर्ममा विश्वास गछौ । शेर्पाहरुको धर्म चाहिँ बौद्ध धर्म भित्र पनि རྙིང་མ། ल्थष्लनmब प्राचीन धर्म हो । यसलाई མཁན་ཆེན་བོདྷི་སཏྭ། उपाध्याय बोधिसत्व སློབ་དཔོན་པདྨ་འབྱུང་གནས། आचार्य पद्म शम्भाव ཆོས་རྒྱལ་ཁྲི་སྲོང་ལྡེའུ་བཙན། धर्मराज ठि सोङ देउचेन आदि बौद्ध विद्वज्जनहरुद्वारा अनूदित ग्रन्थहरुका आधारमा प्रवर्तित तिब्बती बौद्ध धर्म परम्परामा केही मीसावट नभएको विश्वासनीय स्रोत भएको मात्र नभएर उहिले देखी अहिले सम्म धर्मलाई शोध अनुसन्धान गर्नुहुने विध्वान वर्ग, शासनधर पुरुष, उच्च स्थान हासिल गर्नुहुने उत्कृष्ट गुरुजनहरुले ६ प्रकारका गतिहरुलाई सुखवातीको मार्ग दर्शक गर्नु भएक छन् ।

। हामीलाई शरण गमनको शिक्षा दिनु भएको छ । हामीलाई सम्पूर्णप्राणीहीतको लागी चित्तोत्पाद अर्पण गर्नु भएको छ । सदाका लागी पंचशीलको पालन गराउने दिश तर्फा लैजानु भएको छ । आफ्नो सोचविचारलाई चित्तशुद्धिकरण गर्नु सिकाउनु भएको छ । राम्रो बाटोमा हिड्न, प्राणीको हित गर्न, अरुको अधिकार हनन् हुन नदिन लगयात खान,े बस्ने, हिड्ने, सुत्ने जस्ता स–सानाकुराहरुलाई पनि अति माया गरेर सिकाइ राख्नु भएको छ । आजहामी शेर्पाहरु जाहाँछौ उहाँहरुकै कृपा, दयामाया, करुणा र अधिष्ठितले गर्दा हाल सम्म एश्वर्य सम्पन्न, सुख आनन्द र कल्याण हुनु र स्वतन्त्र रुपमा व्यवहार गर्नु पाएका हुन् ।

हाल सम्म गौतमबुद्धले मार्ग दर्शक गर्नु भएक मार्गलाई नै हाम्रा गुरुजनहरु र पूर्वजहरुले निरन्तर दिदै हाम्रो बुबा आमाहरुले पनि यसै कुलोमा डो¥याइ रहनु भएको छ स भविष्यमा पनि यसैगरी यसै मार्गलाई निरन्तर्त दिनु जरुरी देखिन्छ । भने यस अन्धकारमय संसारलाई त्यगी सदाको लागी सुखावती क्षेत्रमा प्रवेश गर्नुको निमित्त कष्ट गर्दा राम्रो हुन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्