शेर्पाको वंशावली

त्यसै गरी तिब्बतमा འཕགས་པ་སྤྱན་རས་གཟིགས་ཀི། अवलोकेश्वर बुद्धको གདུལ་བྱ། विनेय जनमा हिमाली प्रदेश भोट राज्यमा ऐतिहासिक कालमा བོད་མིའུ་གདུང་དྲུག།༡༽སེ་རྨུ། ༢༽ལྡོང༣༽སྟོང་། ༤༽དགྲ། ༥༽དྲུ། ༦༽སྤྲེ། १)सेमु । २)दोङ । ३)तोङ । ४)डा । ५)टु । ६)टे गरी ६ भाइ पूर्वजहरु हुन् । यी मध्ये शेर्पाहरु दोङ वंशावलीका सन्तति रहेको क्लयध ीष्नजत या भ्खभचभकत नामक पुस्तकमा पूज्यनीय गुरु श्री सांगे तेन्जीन् रीन्पोक्षे ज्यूले उल्लेख गर्नु भएको छ ।

दोङ वंशावली बाट उत्पन्ना भएका शेर्पाका चार थर मध्ये १) सेरपाहरुको जिज्यू ङादाक ञ्यङ ङीमाओसेर । २) मिञ्यक्पा टक्थोहरुको जिज्यू डुप्क्षेन् थङतोङ ग्यलपो । ३) च्यवाहरुको जिज्यू तेर्तोन रात्ना लीङ्पा । ४) र थीमी सलागाहरुको जिज्यू फक्षेन भएको च्यक्पोन सङगे पाल्ज्योरले रचना गर्नुभएको शेर्पा इतिहासमा पाइन्छ ।

यस जातमा त्यतिखेर मिञ्यक्पा, थिमी, सेर्ता र च्यवाका थर वा गोत्र रहे पनि सोलुखुम्बुको भेगमा पुगि केही सालमा यसको उपथरहरु लामा, टक्थो, गोलेक्, युल्कोङमा, वेनासा, च्यवा, सलागा, गोपर्मा र खम्पच्ये लगायत आझै पनि धेरै उपथरहरु छन् ।

आज हामी शेर्पाहरुको जनसंख्या कम भए पनि केही कारणले विश्वमै छरिएर वासस्थान गरिएको छौ । यस्तो समयमा हमी शेर्पा भित्र को कुन थरको रहेछ थाहा पाउनुको निम्ति सबैले आ–आफ्नो परिचयपत्रमा शेर्पा मात्र नलेखी ; नामको पछाडि आफ्नो थर खुलाउद राम्रो होल जस्तो लाग्छ । जस्तैः संगे तेन्जीन् शेर्पा गोले । यसले गोले भएको प्रस्ट थाहा पाईन्छ ।

सामान्यत विश्वकै र विशेष गरेर शेर्पाको इतिहास नष्ट हुनु नदिइ दिनदिनै बृद्धि गरेर फैलाउनुको निमित्त केही उपायहरुलाई निम्त्यी परिश्रम गर्नु आवश्यक भए जस्तै शेर्पाहरुको इतिहास, भाषा नष्ट हुनु नदिनुमा धर्मको विशेष महत्व देखिन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्