शेर्पाहरुको बास स्थानान्तर

वास्तवमा भन्नु पर्दा शेर्पाहरु तिब्बत र नेपालको सीमाना नछुटयाउदै सन् १४८० को आसपासमा “च्यमोलाङमा” अर्थात् विश्वको शिखर सगरमाथा नजीकैको हिमशिखर समुन्द्र सतह देखि १९ हजार ५० फिट अग्लो नाङपाला काटेर आएका विज्ञाहरु बताउँछन् । यो कुनै लडाइ झगडा भएर आएको नभई धर्म र सुख समबृृद्धि को निम्ती सोलुखुम्बुको भेगमा आएका विज्ञाहरुको बुझाइ छ । यसमा बुद्धधर्म संग सम्बन्धित केही प्रतीत्य समुत्पादका कुराहरुले पनि शेर्पाहरु सोलुखुम्बुको क्षेत्रमा आएको हुनुपर्छ । यसमा विशेष गरी शाक्य मुनि बुद्धकै कालमा दोस्रोबुद्ध ओडीयनको लोपोन पेमा सम्भवाले अधिष्ठित गर्नुभएको गोप्य स्थान खेन्पालुङको अवयव विश्वकै हिमपर्वतहरुको गजुर सगरमाथाको काखमा युगौँ देखी गोप्य रुपमा रहेको यस स्थानलाई सन् १४४० तीर पुज्य गुरु निधि प्रदर्शक रत्ना लीङ्पाले सोलुखुम्बुको भेगमा राम्रै अवलोकन गरी केही समय गुफा बस्नु भइ भबिष्यमा उहाँको अनुयायीहरुलाई बसोबास गर्नु यो ठाउँ उत्तम रहेको भबिष्य वाणि गर्नु भएको पाइन्छ ।

कुनै पनि भाव पदार्थहरु हेतु प्रत्ययमा आश्रित नभइकन स्वतः उत्पन्न हुन सक्दैननन् भन्नु भए जस्तै, त्यस समयमा च्यक मिञ्यक दोङाक् रीङ्बुको सुपुत्र क्यप् ओक् सङगे पाल्ज्योर, गुरु रत्न लीङ्पाको चेला थिए । सन् १४८० को आसपासमा गुरु रत्न लीङ्पाको भविष्यवाणी अनुसार क्यब ओक् सङगे पाल्ज्योर को सुपुत्र र ङाक्क्षङ् ग्यकार्वा क्षेन्पोले अगी गरेर खुम्बु भेगमा आउनु भयो । उहाँहरु एकजनाको समूह पङबुक्षे मा बस्नु भयो बने अर्को समूह दीङबुक्षे मा बसेको बुझिन्छ । उनीहरु खम, मीञ्यक्, घोलोक, सेर्ता र अम्दो सम्म फैलिएका छन् ा सन् १७८६ सम्म शेर्पाहरु पराधिन नभई स्वतन्त्रपूर्वक जीवन निर्वाह गरीरहेका थिए । समय बित्दै जादा धेरै युद्धहरु भए । बाइसे चौबीसे राज्य एकिकरण गरे । पछि आएर शेर्पा राज्यमा शक्तिले नसके पछि बुद्धिले नै सही ठानि सन् १७८६ देखी १८२९ सम्म नेपाल सरकारसंग विभिन्न चरणको वार्तागरी शेर्पाको केही वृद्ध र बुद्धिजिवीहरुलाई हातमा लिई स्वतन्त्र रुपमा आफ्नो धर्म संस्कृति र कुल परम्पराहरु पूर्ववत मान्न पाउने सहमति जुटाइ मन्जुरी गरेर राज्य ओगटेको बुझिन्छ । युद्धको बखत प्रयोग गरेका कयौ स्थान र युद्ध शिविरका गुफाहरु अझै पनि हेर्न सकिन्छ ।

अन्त्यमा सन् १९६१ अक्टोबर ४ का दिन नेपाल चीन संयुक्त सीमा सामितीले गरेको निर्णयमा राजा महेन्द्रबाट यसरी घोषणा गर्नु भएको थियो । सन् २००३ जून १७ को कान्तिपुरमा त्यसताका शेर्पाहरु कोही उता चीनका स्वशासितक्षेत्र तिब्बततिर प¥यो भने कोही नेपालतिर । जस्तै संखुवासभा पारीको तिङके जोङ, दोलाखा लप्ची पारी रोङश्यर र सिन्धुपालचोक तातोपानीका पारी खासा आदि स्थानका शेर्पाहरु ।
यसले के बुझिन्छ भन्दा हाम्रा कैयौं साखा सन्तानहरु तितरबितर र छरपस्ट भएको बुझीन्छ ।

यसैगरी शेर्पाहरु विस्तारै विस्तारै रामेछाप, दोलाखा, सिन्धुपाल्चोक, ओखलढुंगा, भोजपुर, संखुवासभा र इलाम आदि स्थानको हिमाली भेगमा आफ्नो पहिचान बनाई बसोबास गर्दै आएका छन् भने हालसाल बसाइ सराइ र कामकाजले गर्दा नेपालका प्राय जिल्लामा छन भने विश्व भरिनै आफ्नो पहिचान सहित बसोबास गर्दै आएको पाईन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्