शेर्पाहरुको मुख्य चाडपर्व

शेर्पाहरुको आफ्नै चाडपर्व र महोत्सवहरु छन् । यी सबै शाक्यमुनि बुद्ध र आचार्य पद्मसम्भवसँग सम्बन्धित छ ।  जस्तै शेर्पा (दाथो) चंद्र पात्रो (Lunar Calendar) को पहिलो महिनाको पुर्णिमाको दिन (क्षो ठुल तुक्षेन) बुद्ध शाक्यमुनिले प्रातिहार्य चमत्कार देखउनु भएको दिन । ཆོ་འཕྲུལ་དུས་ཆེན།  The Miraculous Day;

तेस्रो महिनाको पुर्णिमाको दिन (डेपुङ्ला तु खोर् सङ्गु तुक्षेन) प्रभु गौतमबुद्धले अमरवातिमा पहिलो कालाचक्र धर्मउपदेश दिनु भएको वार्षिकोत्सव को दिन । འབྲེས་སྤུངས་སུ་དུས་འཁོར་གསུངས་པའི་དུས་ཆེན། Anniversary of the First Kalachakra Sermon at Amarvati.

चौथो महिनाको पुर्णिमाको दिन (सक दावी तुक्षेन्)  सिद्धार्थ गौतम जन्मनु भएको, बुद्धत्व हासिल गर्नु भएको र महापरिनिर्वाण हुनु भएको शुभ दिन ।  ས་ག་ཟླ་བའི་དུས་ཆེན།  The auspicious day of Lord Gautam Buddha birth, enlightnment and parinirvana.

छैठौ महिनाको चौथो दिनमा (क्षो खोर् तुक्षेन) बुद्धधर्मका प्रवर्तक महात्मा गौतमबुद्धले वनरासमा पहिलो धर्म शिक्षण दिनु भएको पवित्र दिन । ཆོས་འཁོར་དུས་ཆེན།  The Holy Day of 1st Dharma Teaching of Buddha Shakyamuni.

छैठौ महिनाको दशामीमा (गुरुई तुक्षेन) गुरु रीन्पोक्षेको जन्मजयन्ती । གུ་རུ་སྐུ་བལྟམས་པའི་དུས་ཆེན།  Guru Padmasambhava’s Birthday.

नवौ महिनाको बाइसौ तिथीमा (ग्यल्वा ल्हले बप्पी तुक्षेन) परमेश्वर गौतम बुद्ध तेत्तीस कोटी देवालोक देखि मनुष्यलोकमा वास्तविक उद्गम हुनु भएको शुभदिन । རྒྱལ་བ་ལྷ་ལས་བབས་པའི་དུས་ཆེན།

यसैगरी महिनै पछिको (छेच्यु) शुक्ल पक्षको दशमीमा अटुट रुपले (गुरु रीन्पोक्षे) आचार्य पद्मसम्भवको पध्रजा गर्छौ भने महिनै पछिको (ञ्येर्ङ) कृष्ण पक्षको दशमीमा (खडोमा) डाकीनी को पुजा गरीन्छ त्यसरी नै ठाउँ ठाउँमा समय अनुकुल मीलएर (डुम्जी डुप्क्षेन मणि रिल्डुब) र (ञ्युङ्ने)  ब्रत पुजा, यज्र्यङ् फक्ञ्यीङ् र नायाँ वर्षमा शेर्पाको मुख्य चाडपर्व लोसार मनाईन्छ ।

कुनै समुदायको अस्तित्व राख्नको निम्ति धर्म, भाषा, संस्कार र सांस्कृतिको आवश्यक हुन्छ भने यी सबैलाई जीवित राख्नु धर्मको ठुलो महत्व देखिन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्