शेर्पाहरुको व्यवहार

शेर्पाहरुको व्यवहारमा मुख्य रुपमा खाने तरिका सुत्ने तरिका हिड्ने तरिकाहरु हुन्छन् । छोटकारीमा भन्नु पर्दा सामान्यता व्यवहार भन्नाले तन मन वचनले अपनाउनु पर्ने र त्याग्नु पर्ने कार्यहरु हुन् । त्यसमा पनि सभ्य, शिष्ट व्यवहार र अशभ्य, दुष्ट व्यवहार गरी दुई प्रकारका छन् । त्यसमा शेर्पाहरुको व्यवहार कस्तो हो भन्दा बौद्धमार्गी महायान जाति भएको कारणले प्रतिमोक्षका मुख्य दश कुशल धर्मका साथै बोधिचित्तको शिक्षासंग मिल्ने व्यवहारमा सम्भावित कुनै शंका छैन । त्यसै कारण शेर्पाहरुले खानपान गर्नु पूर्व पहिलो खानपानले त्रिरत्नलाई चढाउनु पर्छ । चढाउने तरिका चाहिँ हातमुख धोएर खानपानको सामाग्रीलाई दुइहातले उचाली རྃ་ཡྃ་ཁྃ་ཨོྃ་ཨཱཿཧཱུྃ་མཆོད། रम् यम् खम् ओम आ हुङ् क्षो । भनी त्रिरत्नलाई चढाएर कामना गर्नुपर्छ ।

त्यति पनि गर्नु सकिएन भने दायाँ हातको चौथो औंलाले खानपानलाई छोएर आकाश तिर छर्कएको तरिकाले त्रिरत्नलाई चढाएको सम्झेर ཨོྃ་ཨཱཿཧཱུྃ་མཆོད། ओम आ हुङ् क्षो,भन्नु पर्छ । यहाँ चौथो औलाले छुने कारण चाहिँ स्वयम् आमाको कोखबाट जन्मने बेला यो औला आफ्नो नाक भित्र रही गर्भाशयको गन्ध नपरेको हुनाले यस औलालाई सफाको संज्ञा दिइन्छ । शेर्पाहरु सुत्नु भन्दा अगाडी तीन चोटी ढोकेर सुत्ने चलन छ । समान्यता शेर्पाहरु टोपी, जुत्ता र पटुका फुकालेर दायाँ हात कानमुनी सिरानी गरी दुईटै खुट्टा पसारेर उत्तर दिशा तर्फ सिरानी गरी सुत्ने चलन छ । शेर्पाहरु यताउता जादा पनि शरीर नढल्काइ सीदा जाने मात्र नभई मनमा पनि लाज सरम र डर त्रास रहित हिडने गरिन्छ । शेर्पाहरु बस्दाखेरी पलेंटी कसेर त्यो माथी हात राखेर बस्छन् । त्यस विपरीत चाक देखाएर बस्ने र ब्रहामण जस्तो बस्ने इत्यादी चाहिँ शेर्पाको परम्परा र रीतिरिवाज राम्रो संग जान्नेहरुले असभ्य चरित्र देख्ने भएको हुनाले त्याग्नु राम्रो हुन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्