शेर्पा भाषा

यदि कुनै शेर्पाले शेर्पा भाषा बोलेन भने शेर्पा जातिबाट बाहिरीएको बुझ्न सकिन्छ भन्ने हेतुलाई स्मरण गर्नु पर्ने बेला भएको छ । शेर्पा भाषाको आफ्नै अस्तित्व छ । शेर्पा भाषाको आफ्नै पहिचान छ । शेर्पा भाषा आफैमा परिपक्व छ । शेर्पा भाषाको आफ्नै विशेषता छ । अरु भाषामा भन्दा पनि शेर्पा भाषामा मान मर्यदाको शब्द अति धेरै छ । शेर्पा भाषा बोल्दा कुनै शब्द नपुगेर अरुको शब्द प्रयोग गर्नु पर्ने त्यस्तो गा¥हो अवस्था छैन । यो नै शेर्पा भाषाको विशेषता हो । शेर्पा भाषा र लिपिको आफ्नै महिमा, गरिमा र इतिहास छ । भाषा मानवीय सामाजिक वस्तु हो । हामीले यसको प्रयोग भाषिक समुदायका समाजमा गर्नु पर्छ । भाषा विचार, अनुभूति र अनुभवलाई आदान–प्रदान गर्ने माध्यम हो । त्यसै कारणले गर्दा मलाई विश्वास छ कुनै पनि शेर्पा ले आफ्नो भाषा र लिपि प्रति गौरवमय स्नेह किन नगर्ला ?

यस आधुनिक युगमा शेर्पा भाषालाई आधुनिकीकरण सबभन्दा चुनौतीको विषय बनेको छ । दिनपरदिन ज्ञान, विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ नयाँ अनुसन्धान, नयाँ चीजबीज र सिद्धान्तको प्रतिपादन र प्रचलन भइरहेका छन् । फलस्वरुप हाम्रो समाजमा नयाँ धारणा र विचारहरु उपस्थित भइरहेका छन् । ती जुनसुकै भाषाको माध्यमबाट आएको भए पनि त्यसलाई शेर्पा समाजमा प्रभाव पर्ने लोकप्रिय माध्यम नै शेर्पा भाषा हो । त्यसैले यसलाई सुसम्पन्न र शुद्धीकरण गराउन सकिए मात्र समाजले सहज रुपमा आफूलाई चाहिने ज्ञान र सीप लिन र प्रयोग गर्न सक्ने हुन्छ । आफुले अध्ययन गरेका ज्ञान र सीपलाई शेर्पाभाषाबाट हस्तान्तरण गर्ने बानीलाई वृद्धि गर्दै विकास गर्न सके, परिवर्तन गर्न सके, अवश्य पनि शेर्पा भाषाको विकास हुने र भाषा पनि आधुनिक ज्ञानगुनले सम्पन्न हुने र हामी पनि ठोस गहकिलो बन्दै जाने सम्भावना रहन्छ । नत्र विदेशी भाषाबाट सिकेको ज्ञान विदेशी सोचको सेरोफेरोमा नै सीमित रहने हो भने हाम्रो अभिव्यक्ति पनि भुत्ते भइरहने र दिनानुदिन बिनाश हुदैजाने डर, त्रास रही रहन्छ ।

विश्वमा कयौं भाषाहरु छन् । सामान्यत भारतमा गौतम बुद्धले प्रवचन गर्नु हुँद ३६० सम्म मातृभाषाहरु थिए भने नेपालमा पनि (The 2011 National census lists 123 language spoken as a mother tongue) सन् २०११ को राष्ट्रिय जनगणनामा मातृभाषाको रुपमा १२३ भाषा देखिएका छन् । ती सबै भाषाहरु आ–आफ्नै गाउँठाउँको रितीरिवाज, परम्परा, गतिविधी, परिस्थिति र श्रीसम्पत्ति आय आर्जनगर्नु इत्यादी धेरै कुरामा एकरुप देखिदैन ।

भाषाका दुई रुप हुन्छन् । मौखिक र लिखित । मौखिक भाषा ध्वनि वा बोलीको माध्यमबाट व्यक्त हुन्छ भने लिखित भाषा लिपिका माध्यमबाट प्रकट हुन्छ । हाम्रो आफ्नै भाषा छ । हाम्रो आफ्नै लिपि छ । हाम्रो आफ्नै व्याकरण छ । शब्द मानव चेतनाको प्रस्तुति हो र शब्द संयोजनबाटै भाषा निस्सृत भइ समाजको विकासमा बौद्धिक आधार बन्न पुग्दछ । भए पनि आजकल सार्वसधारणले प्रयोग गर्न छाडेर हाम्रो लिपि शास्त्र र सुत्रमा मात्र सिमीत छ । तिब्बत र भुटानमा भने सार्वसधारण बिच पनि राम्रै प्रयोग गरी रहेका छन् भने भारतका केही प्रदेश र नेपालका पहाडी भेगमा पनि कोही, कसैले आफ्नै सम्भोटा लिपि प्रयोग गरी रहेको देखिन्छ ।

यसमा शेर्पा भाषा र लिपिको कुरा गर्नु पर्दा शेर्पा भाषाको क्रमिक विकास हुदै जानुको सट्टामा अप्रयोगकै कारण विदेशी भाषा र लिपिको संङ्क्रमण हुनगइ शेर्पा भाषाले आफ्नो मौलिक विशिष्ठ रुपलाइ धमिल्याउदै गएको अनुभव भएको अवस्था छ ।

भाषा मानवीय सामाजिक वस्तु हो । हामीले यसको प्रयोग भाषिक समुदायका समाजमा गर्नु पर्छ । भाषा विचार, अनुभूति र अनुभवलाई आदान–प्रदान गर्ने माध्यम हो भनी पुनः तपाईहरुलाई जागरुक गराउदछौं । हामी शेर्पाहरुको भाषाले पनि आफ्नै अस्तित्व भोगिरहेका छन् । यसको आफ्नै पहिचान छ । शेर्पा भाषा आफैमा परिपक्व छ । शेर्पा भाषाको आफ्नै विशेषता छ । अरु भाषामा भन्दा पनि शेर्पा भाषामा मान मर्यादाको शब्द अति धेरैछन् । शेर्पा भाषा बोल्दा कुनै शब्द नपुगेर अरुको शब्द प्रयोग गर्नु पर्ने त्यस्तो गा¥हो आवस्था छैन । यो नै शेर्पा भाषाको विशेषता हो । मलाई विश्वास छ शेर्पा भाषा र लिपिको आफ्नै महिमा, गरिमा र इतिहास छ । त्यसैले कुनै पनि शेर्पाले आफ्नो भाषा र लिपि प्रति गौरवमय स्नेह किन नगर्ला ?

सामान्यत विश्वकै र विशेष गरेर शेर्पाको भाषा, लिपि नष्ट हुन नदिइ दिनदिनै बृद्धि गरेर फैलाउनुको निमित्त केही उपायहरुलाई नित्य परिश्रम गर्नु आवश्यक भए जस्तै शेर्पाहरुको भाषा र लिपि नष्ट हुनु नदिनुकोलागि यस अवस्थामा धर्म शास्त्र र सुत्र बाट ज्ञान लिनु पर्ने आवश्यकता देखिन्छ ।

सन् १०३८ देखि प्रयोग भएको परिष्कारमुखी शेर्पा भाषाको लेखोटबाट हालसम्मको प्राप्त शेर्पा भाषा लगभग १००० वर्ष प्राचीन रहेको प्रमाण हो । अझै कति वर्ष त्यस अघि प्रचलन भई लेख्य रुपमा आयो होला ? यस्तो भाषिक विचलनको अवस्थामा हामी शेर्पाहरुले नै केही गरेनौ भने । अरु जातले जतिसुकै प्रयास गरे पनि शेर्पा भाषाको प्रगति हुन सक्दैन ।

शेर्पा भाषा आफैमा परिपक्व छ भन्ने विषयलाई अलिकती स्पष्ट पार्नु पर्दा नेपालमा १२५ सम्म जात र १२३ भाषा रहेको मध्ये शेर्पाहरु पनि नेपालको एक पुरानो जात र भाषामा गनिन्छ । उनिहरुको भाषा तिब्बत को पुरानो भाषा संग धेरै मिले पनि बोल्ने शैलीमा फरक भएको कारणले निकै फरक देखिन्छ । जस्तैः माटो, पानी, आगो, हावा । (स, क्षु, मे, लुङ) ས་ཆུ་མེ་རླུང་། डाँड, द्वीप, घर, गृह । (री, लीङ, खङ, ख्यीम) རི་གླིང་ཁང་ཁྱིམ། बाख्रा, भेडा, घोडा, याक । (र, लुक, त, यक) ར་ལུག་རྟ་གཡག། बाघ, चितुवा, सिंह, भालु । (तक्, जीक्, सेङ्गे, तोम्) སྟག་གཟིག་སེངྒེ་དོམ། टाउको र हात (गो तङ लक्पा) མགོ་དང་ལག་པ། इत्यदी तिब्बती भाषा संग मिल्छन् । भए पनि जुनलाई आउला (दावालाई आउला) ཟླ་བ་ལ་ཨའུ་ལ། रमीतलाई ल्हेर्मु (तेत्मोलाई ल्हेर्मु) ལྟད་མོ་ལ་ལྷེར་མུ། ठूलोलाई गर्पु (क्षेन्पोलाई गर्पु) ཆེན་པོ་ལ་སྒར་པུ། सानोलाई टीक्पे (क्षुङ्ङुलाई टिक्पे) ཆུང་ངུ་ལ་པྲིག་པེ། भ¥याङलाई टापा (थेम्केला टापा) ཐེམ་སྐས་ལ་ཀྲེས་པ། जस्त शब्दहरु चाहिँ तिब्बत को नयाँ र पुरानो कुनै पनि भाषामा नदेखिएको भाषा शेर्पा समाजमा सबैले मौखिक बोलीचालीमा रहेकोहरु चाहिँ शेर्पा जातिय भाषा जनाउने भाषाको मुख्य रुपमा देखिन्छ । यसो भए पनि व्याकरणको नियम भने प्रायः जसो एउटै हो ।

हाम्रो शेर्पा भाषामा मान मर्यदाका शब्दहरु अति धेरै छन् । त्यसैले पनि शेर्पाभाषा विश्वासनीय स्रोतको रुपमा देखिन्छ । जस्तैः
टाउको गो, उ ।
कपाल ह्र, उटा ।
अनुहार च्यङा, ङोदोङ् श्यल ।
आँखा मीक, च्येन् ।
कान नम्ज्योक, ञ्येन ।
नाक नाँउ, श्यङ ।
मुख ख, श्यल ।
जिब्रो च्येलक्, ज्यक् ।
दाँत स, छेम ।

इत्यादी धेरै मान मर्यदाको शब्दहरु भएको र शेर्पा भाषा बोल्दा पनि कडा स्वभावको नभएर नरम मिठो बोलीमा बोलिन्छ ।

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्