संस्थापकको मन्तब्य

सर्वप्रथम यस वेबसाइटको पवित्र उद्देश्यलाई यस रुपसम्ममा ल्याइपु¥याउन सहयोग गरिदिनहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु ।

यो वेबसाइट मेरो आफ्नै श्रीमती र छोरा-छोरीले शेर्पा भाषा बोल्न छोड्दाको दुखद परिणाम हो । त्यसपछि मैले यो वेबसाइटको परिकल्पना गरें । अरुको भाषा बोल्नु, दखल राख्नु, बुझ्नु, ज्ञाता हासिल गर्नु अति राम्रो हो तर आफ्नो विर्सेर अर्काको भाषामा मात्रा ज्ञान हुनु कदपि राम्रो होइन । सन्दर्भमा भन्नु पर्द, तपाइहरू पनि सबै कसै न कसैको छोरा-छोरी भएकोले यो मर्म आफ्नै माता, पिता, समुदाय र राष्ट्रको हो भनी बुज्न युवाहरूलाई हार्दिक अनुरोध गर्दछु ।

सायद यस वेबसाइटले आफ्नो जन्मथलो र जातीय समाजलाई छाडी दुरदेशमा विभिन्न व्यवसाय र प्रतिष्ठामा बस्नु भएका व्यक्ति, परिवार समाजको आकांक्षा र दुःखलाई प्रतिनिधित्व गर्छ होला । यस २१औं शताव्दिको विकाशले छक्क पारेका हामीलाई, कपिकलम र पुस्तिकाको सर्वशुलभता, घरदैलोमा विद्यालय र विभिन्न भाषा पढ्ने सुविधा विगतको तुलनामा नभएको होइन । तर यसै आधुनिकीकरण र विभिन्न सुविधाको वीचमा देश विदेशमा समेत चिनिएका र राष्ट्रको प्रतिष्ठासँग जोडिएको शेर्पा समुदायको भाषा बोलचालमा सीमित र बोलचालकै माध्यमले एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नु परेको देख्दा धेरै दुःख लाग्छ ।

शेर्पाहरू नेपालको एउटा यस्तो समुदाय हो जो राष्ट्रको पहिचानसंग अति नजिकबाट सम्बन्ध राख्दछ । यदि संसारको कुनै पनि भागमा गएर कसैले म नेपाली हुँ भनेर परिचय दिए भने उताको प्रया सोदाइ भनेको के तपाई शेर्पा हो ? भनेर हुन्छ । सायाद आफ्नो सामुदायीक व्यबहार, धर्म र संस्कारले पनि होला नेपाल भित्रै पनि सबै जाति र समुदायले माया गर्छ, सकारात्मक हिसावले हेर्छ र स्वीकार गर्छन् । तर यस्तोखालको समुदायको शिक्षा, भाषा र राष्ट्रभित्र पाउनु पर्ने राजनितिक अधिकार आदीइत्यादिमा शेर्पा समुदाय हालको अवस्थामा पाउनु भनेको यो समुदायको मात्रा नभएर राष्ट्र स्वयमको असफलता हो, राष्ट्रको नितीको असफल्ता हो र राष्ट्र लाजको विषय हो । तर मलाई मेरो समुदायसँग गर्व छ, जसले माथि उल्लेखित माया र स्नेह पाउन मद्दत गर्दछ र नेपाल भित्र र नेपाल बाहिरका अन्य समुदायसँग उनीहरूको न्यानो माया र सद्भावनाको लागि जोडिन मद्दत गर्दछ । त्यसैले म सबै अन्तराष्ट्र समुदाय र नेपालभित्रको सम्पूर्ण जातजातिलाई धन्यवाद दिन चाहन्छु, शेर्पाहरू प्रति तपाईहरूको न्यानो माया र सदभावको निम्ती ।

आज विभिन्न सुविधा र दुःखले देश विदेशमा बस्नु भएकाहरूले आफ्नो सन्ततीहरूलाई जस्तोसुकै शिक्षा र सुविधा दिएको भएतापनि आफ्नो मातृभाषालाई हस्तान्तरण गर्न सकेको पाईदैन । आफ्नो पुख्र्यौली जन्मथलो र समाजमै बस्नु भएका कतिपयले पनि आफ्नो भाषालाई उचित स्थान नदिएको, यसको महत्व र मिठासका विषयमा आफ्ना सन्ततिलाई जानकारी नदिएको पाईन्छ ।

तसर्थ यो वेबसाइटले यस्तै पिडाबोध गर्नेहरूका लागि समर्पित छ र विभिन्न कारणले आफ्नो भाषा सिक्न नपाएर वा सिक्न चाहने र शेर्पा भाषा प्रति आकर्षाण भएको तर सिक्ने र बुझ्ने माध्यम नभएकोहरूलाई उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु । यसको वृहत्तर विकासको लागि यहाँहरू सबैको अमूल्य सुझाव wesherpas@gmail.com मा पठाई सहयोग गर्नुनै हुनेछ भन्ने आशा छ र अनुरोध गर्दछु ।

यस्तो अवस्थामा विद्यालयमा जनसङ्ख्याको अनुपातका कारण शेर्पा भाषालाई अनिवार्य विषय बनाउन पहल गर्न गाह्रो छ । तर आफ्नो जनसंख्या र घनत्व पुग्ने ठाउँको हरेक विद्यालयमा शेर्पा भाषाको पनि अनिवार्य कक्षा सञ्चालनको निम्ती पहलगर्न राजनैतिक प्रतिनिधि, प्रशासनिक अधिकारी, शिक्षक, शिक्षिका, लामा धर्मगुरुहरू, वुद्धिजिवीहरू, युवासमुदाय र अभिभावकमा हार्दिक अनुरोध गर्दछु ।

अन्तमा यस गहन कामको जिम्मा मैले मेरो भाई दोर्जेलोपेन जिग्द्रेल जाङपो शेर्पालाई अनुरोध सहित जिम्मा दिएको छु र हाल सम्माको कार्य प्रति सन्तुष्ट पनि छु र यो शेर्पाहरूको निम्ति र शेर्पाहरूको विषयम बुझ्न चाहनेहरूको निम्ति ज्ञानमुलक वेबसाइट हुनेछ भन्ने प्रति कुनै शंक छैन । म आफुले सकेको योगदान दिनमा मेरो तर्फबाट जीवनबर कुनै कन्जुस्याई हुने छैन ।

ङिमा देण्डी गोले शेर्पा
गोली–८, सोलुखुम्बु

नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्