शेर्पा गाउँहरू

  • Home
  • शेर्पा गाउँहरू

आदरणीय शेर्पा समुदाय र किदुकहरु,

हामी, हाम्रो वी शेर्पा वेबसाइटमा प्रकाशित गर्नका लागि तस्बिरहरू सहित तपाईहरुको गाउँहरूको छोटो तर सटीक विवरण अनुरोध गर्न लेखिरहेका छौं । हाम्रो वी शेर्पा वेबसाइटले शेर्पा समुदायको भाषा, संस्कृति र परम्परालाई प्रवर्द्धन र संरक्षण गर्ने लक्ष्य राखेको छ । तसर्थ, यस वेबसाइटमा तपाई हाम्रो गाउँहरू देखाएर, प्रत्येक गाउँको सुन्दर र अद्वितीय पक्षहरू प्रदर्शन गर्ने र शेर्पा र अन्य समुदायहरूलाई तपाई हाम्रो गाउँहरूको विस्तृत झलक प्रदान गर्ने प्रयस गरी रहेको छौं ।

त्यस कारण हामीलाई तपाईहरुको गाउँको इतिहास, परम्पराहरू, भ्रमण योग्य ठाउँहरू, अनुमानित जनसंख्या, प्रमुख चाडपर्वहरु र मनाउने समय र कुनै पनि उल्लेखनीय आकर्षणहरू सहितको संक्षिप्त विवरण प्रदान गर्नुहुन अनुरोध गर्दाछौं । कृपया आफ्नो गाउँहरु र त्यहाँका मानिसहरूको प्राकृतिक र ऐतिहासिक सौन्दर्यलाई देखाउने फोटोहरू पनि समावेश गर्नु होला । यसले प्रत्येक शेर्पा समुदायका गाउँको परिचय विश्वलाई दिने काम गर्नेछ, विशेष गरी हाम्रो आफ्नै शेर्पा समुदायले त्यस्ता जानकारी प्राप्त गर्न आवश्यक छ ।

यस प्रयासमा तपाईहरुको सहयोग र समर्थनको लागि अग्रिम धन्यवाद । तपाईहरुले प्रदान गर्नु हुने सबै जानकारी र सामग्रीहरुलाई अत्यन्त सम्मान र संवेदनशीलताका साथ व्यवहार गरिने पनि हामी प्रतिबद्धत जनाउछौं ।

थुचे क्षे,
ङिमा देण्डी शेर्पा
९८५११२७७७१ (कल, व्हाट्सएप, भाइबर वा सन्देश)

शेर्पागाउँ
  • Publish on: डिसेम्बर 22, 2023

तिब्बत र हिमालयनजिकै नेपालको उत्तरी भेगमा ब्रद्धिम गाउँ विकास समिति

Read More