छो पेमा अथवा रेवलसर

मा प्रकाशित गर्नुहोस्: फेब्रुअरी 6, 2024

परिचय
छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाचल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ । रेवलसर तालबौद्ध, हिन्दू  र सिखहरूका लागि एक पवित्र स्थल हो, तिब्बती बौद्धहरूका लागि पद्मसम्भव र मन्दरवाको बज्रयान अभ्यासहरूका लागि पवित्रस्थान हो, जसलाई तालको सृष्टिको श्रेय दिइएको छ ।  रेवलसर तालको वरिपरि पद्मसम्भवको मूर्ति, मन्दरवाको मन्दिर र बौद्ध विहारहरु रहेका छन् ।

गुरु पद्मसम्भव मण्डी (जाहोर) कीे राजकुमारी मन्दरवाको पौराणिक कथा
स्थानीय रेलवासर राजाकी छोरी मन्दरवा गुरु पद्मसम्भवसँग धर्म अभ्यास गर्ने क्रममा एक जना कपटी मन भएका गोठालोले देखेपछि “राजकुमारी एकजना जोगीसँग अप्रिय ब्यवहार गर्दै गरेको मैले देखेँ” भन्दै गाउँमा हल्ला फैलाउँदा राजासम्म यो कुरा पुग्यो । त्यसपछि स्थानीय राजा विहारधारा रिसाएर, छोरीकोे धर्म अडानलाई, शाही रगतलाई दूषित पार्न र शाही धर्मत्यागको रूपमा बुझेर डराए । यस कारण, मन्दरवाका बुबाले मन्दरवालाई खाडल खनेरा तल काँडा विछ्याएर र माथिबाट पनि काँडाले छोपेरा खाल्डोमा पुरी र पद्मसंभवलाई चिताको ज्वालामा जलाएर शाही रगतलाई शुद्ध पार्ने प्रयास गर्नुभयो । तीन दिनपछि मन्त्री निरीक्षण गर्न जाँदा उनीहरुको शव भेट्नुको सट्टा चिताको आगोे रेवलसर तालमा परिणत भएको र त्यसमा फुलेको कमलको फूलमा पद्मसम्भव अक्षत विराजमान भएको देखेर छक्क परे । खाडलमा पनि निरीक्षण गर्न जाँदा कमलको फूलमा विराजमान अक्षुण्ण मन्दरवा देखेर छक्क परे । यसै प्रक्रियामा, मन्दरवा र पद्मसंभवले क्रमशः वज्रवरही र हयग्रीवको गुप्त नामहरू प्राप्त गर्छन् ।

यस्तो दृश्यको जानकारी पाएर राजा विहारधारा लगायत सबैजना चकित भए । राजाले पापशुद्धि गर्नुपर्ने अनुभूति गरेपछि आफूले लगाएको लुगा खोलेर गुरुलाई चढाए । गुरु पद्मसम्भव र मन्दरवा दुवैलाई रथमा चढाएर राजा स्वयम्ले रथलाई तान्दै “म महाँ पापी हुँ, मलाई माफ गर्नुस्” भन्दै, रुँदै रथ तानेर आफ्नो दरवारमा स्वागत गरी क्षमायाचना गरे र त्यसपछि मन्दरवाका बुबाले उनीहरूको पवित्र सम्बन्धलाई आशीर्वाद दिनुहुन्छ ।

गुरु पद्मसम्भव को विशाल मूर्ति
रेवलसर तालदेखि अलिकमाथि २०१२ अप्रिल १ मा, ३७.५ मिटर (१२३ फिट) अग्लो गुरु पद्मसम्भवको मूर्तिलाई १४ औं दलाई लामाद्वारा प्रण प्रतिष्ठान पूजा गरी उद्घघाटन गरिएको थियो। निर्माण परियोजना वाङडोर रिनपोछेको रेखदेखमा सम्पन्न गरिएको थियो । यसका लागि अनुदानद्वारा कोषको व्यवस्था गरिएको थियो । यो पूरा कार्य गर्न करिब १० वर्ष लागेको थियो भने जगको काम गर्न मात्रै ३ वर्ष लागेको थियो । मूर्ति निर्माणका लागि लगभग पूरै रेवलसर क्षेत्रका व्यापारीहरू सहभागी भएका थिए । नेपाल र भुटानका प्रमुख कलाकारहरूद्वारा पद्मसम्भवको मूर्ति हातबाट निर्माण गरिएको थियो । यद्यपि यो मुख्यतया सिमेन्ट, फलाम र ढुङ्गाबाट बनेको छ ।

Other Information

मन्दरवा
मन्दरवा (मूँगाको रुख), ८ औं शताब्दीका महान वज्रयान बौद्ध गुरु पद्मसम्भव (गुरु रिन्पोछे), तिब्बती बौद्ध धर्मका संस्थापकका पाँच प्रमुख आध्यात्मिक महिला साथीहरू मध्ये एक थिए । तान्त्रिक बौद्ध धर्म वा वज्रयानमा मन्दरवालाई महिला गुरु–देवता मानिन्छ ।

मन्दरवाको जन्म पूर्वी भारतको बंगालको जाहोरमा राजकुमारीको रुपमा जन्म भएका थिए । उनले धर्म अभ्यास गर्न सानै उमेरमा आफ्नो शाही जन्मसिद्ध अधिकारलाई त्यागिन् । मन्दरवा सानै उमेरमा उच्च शिक्षित भएको कारणले चिनिन्छन्, जुन त्यो समयको महिलाका लागि दुर्लभ उपलब्धि हो । मन्दरवाको भक्तिले उनलाई उनको शिक्षक पद्मसम्भवले भेट्नुभन्दा पहिले उनको सम्पूर्ण व्यक्तिगत सेवाक सहित कम्तिमा ५०० महिलाहरूलाई धर्मको मार्गमा ल्याउन प्रेरित गर्यो ।

मन्दरवाले नेपालको माराटिका गुफामा गुरु पद्मसम्भवको संगतमा पूर्ण बुद्धत्व प्राप्त गरेको भनिन्छ र उनीलाई पूर्ण रूपमा ज्ञान प्राप्त, आध्यात्मिक रुपमा निपुण योगिनी र आध्यात्मिक गुरु मानिन्छन् ।

मन्दरवाको जन्म जाहोरका राजा विहारधारा र उनकी पत्नी रानी मोहौकी (वाङ्मो ओगेमा भनेर पनि चिनिन्छ) बाट भएकी थिइन् । उनको जन्म चमत्कारी संकेतहरूसँगै भएको भनिन्छ, र उनमा त्याग र आध्यात्मिक झुकाव सानै उमेरमा स्पष्ट थियो ।

शाही र सामाजिक परम्पराको रूपमा मन्दरवालाई पनि धर्म अभ्यासको सट्टा मागी विवाह स्वीकार गर्न दबाब दिइयो । यद्यपि, पद्मसम्भवले उनलाई गुप्त जोग्चेन धर्मको लागि तयार भएको रूपमा तुरुन्तै पहिचान गरे । मन्दरवा धेरै सुन्दरी र उच्च जन्म भएको हुनाले उनको योग्यता र सुन्दरताको खबर भारत र चीनभर फैलियो । फलस्वरूप, यी क्षेत्रका धेरै राजाहरूले उनलाई विवाह गर्न खोजे । मन्दरवाले विवाह गर्नुको सट्टा आफ्नो आध्यात्मिक आह्वानलाई पछ्याउन रुचाइन् । उनका बुबाले यो कुरा सुनेनन् र मन्दरावलाई दरबारको कोठरीमा थुनिदिए ।

यस अवधिको दुई फरक घट्नहरुमा, मन्दरवाले उनको सम्पूर्ण सेवाकहरु सहित कम्तिमा ५०० महिलाहरूलाई धर्मको मार्गमा नेतृत्व गरे । पहिलो घटनामा, मन्दरवाले ३०० कुलीन महिलाहरूको समूहलाई धर्म सिकाउनुभयो । यी शिक्षाहरूको आधारमा, महिलाहरूको यो समूहले बोधिसत्व प्रतिज्ञाहरू लिए, गम्भीर ध्यान अभ्यास सुरु गरे, र तिनीहरूले सँगै अभ्यास गर्न सक्ने गरी एक मन्दिरको पनि निर्माण गरे । अर्को एक अवसरमा, मन्दरवाले युद्ध अन्त्य गर्न मध्यस्थता गरे र त्यसपछि युद्धबाट प्रभावित हुने ५०० महिलाहरूको समूहलाई शिक्षा दिए । तिनीहरूले पनि मन्दरवाको धर्म शिक्षाको कारणले कठोर आध्यात्मिक साधना गरे ।

यस अवस्थमा, छोरीको गम्भीरतालाई स्वीकार गर्दै, मन्दरवाका बुबाले छोरी मागन आउने सबै राजकिय दावेदारहरूलाई फिर्त पठाए भने यसै अवधिमा मन्दरवाले अभिषेक र बोधिसत्व दुवैका प्रतिज्ञा लिन्छन् । आफ्नी छोरीलाई बचाउन, मन्दरवाका बुबाले त्यसपछि उनको सेवा र समूहमा रहेका सबै ५०० महिलाहरूलाई पनि अभिषेक र बोधिसत्व प्रतिज्ञा लिन आदेश दिनु भयो । मन्दरवा र उनको समूहको लागि उनको आमाबाबुको दरबारबाट नजिकै नयाँ दरबार निर्माण गरि दिए ।

गुरु पद्मसम्भवसंग भेट
मन्दरावका बुबाले छोरीकोे धर्म अडानलाई, शाही रगतलाई दूषित पार्न र शाही धर्मत्यागको रूपमा बुझेर डराए । यस कारण, मन्दरवाका बुबाले मन्दरवा र पद्मसंभवलाई चिताको ज्वालामा जलाएर शुद्ध पार्ने प्रयास गर्नुभयो । राजा विहारधाराले तिनीहरूको जलेको लाशहरू भेट्टाउनुको सट्टा चिताको आगोे रेवलसर तालमा परिणत भएको र त्यसमा अक्षुण्ण मन्दरवा र पद्मसंभवलाई समर्थन गर्न फूलेको कमल निस्किएको देखेर अचम्मीत भए । यस प्रक्रियामा, तिनीहरूले क्रमशः वज्रवरही र हयग्रीवको गुप्त नामहरू प्राप्त गर्छन् । त्यसपछि मन्दरावका बुबाले उनीहरूको सम्बन्धलाई आशीर्वाद दिनुहुन्छ ।

आध्यात्मिक अभ्यास
मन्दरवाले आफ्नो जन्मको भविष्यवाणी डाकिनी भएको पूरा गर्दै गुरु पद्मसम्भवसँग धर्म फैलाउनको लागि आह्वान गरेको महसुस गरे । यसरी, १६ वर्षको उमेरमा, मन्दरवा पद्मसम्भवका पाँच ऐतिहासिक आध्यात्मिक जोडीहरूमध्ये पहिलो बने, र तिनीहरूले सँगै माराटिका (तिब्बती/शेर्पामा हलेशी भनेर चिनिन्छ) मा अभ्यास गरे, माराटिकाको अर्थ मृत्युलाई अन्त्य गर्ने गुफा हो । मन्दरवा र पद्मसंभवले विद्याधारा स्तरमा एकताबद्ध वज्र शरीर प्राप्त गरे । उनीहरूले “डाकिनी सांगवा यसे” द्वारा माराटिका गुफामा लुकाइएका लामो आयु वा दीर्घायुका तेर्मका केही अभ्यासहरू महसुस गरे । बोधिसत्व अवलोकितेश्वरको आदेशमा बुद्ध अमिताभको शिक्षाहरूबाट तत्वीकरुपमा तेर्मको गठन गर्यो । पछि, जब पद्मसंभवले टिबेट लगायत हिमालय क्षेत्रमा शिक्षा फैलाउन जारी राखे, मन्दरवा भारतमा रहे ।

मनदरवाले आफ्नो सम्भोगकाया रूप तिब्बतको ट्राम्द्रुकको महान धर्म चक्रमा प्रकट गरेको भनिन्छ, जहाँ उनी पद्मसम्भवसँग मन्त्र र मुद्राको संवादमा संलग्न भइन् र सवल र जवाफहरू आदानप्रदान गरीन् । यसको विस्तृत विवरण पद्मकथाङमा प्रस्तुत गरिएको पाईन्छ ।

पद्मसंभवका ५ प्रमुख आध्यात्मिक महिला साथीहरू

मन्दरवा पद्मसंभवका पाँच आध्यात्मिक महिला साथीहरू मध्ये पहिलो थिए र तान्त्रिक बौद्ध धर्ममा महिला गुरु–देवताको रूपमा सम्मानित छन् । उनले धर्म अभ्यास गर्न सानै उमेरमा आफ्नो शाही जन्मसिद्ध अधिकार त्यागिन् र सानै उमेरमा उच्च शिक्षित भइन् । मन्दरवाको भक्तिले आफनो गुरु पद्मसम्भवलाई भेट्नु अघि नै कम्तिमा ८०० महिलाहरूलाई धर्मको मार्गमा ल्याउन अगुवाइ गरिन् । उनी पूर्णतया आत्मज्ञानी, योगिनी र शिक्षिका हुन् ।

येशे क्षयोग्याल पद्मसंभवका पाँच आध्यात्मिक महिला साथीहरू मध्ये दोस्रो थिए र तिब्बती बौद्ध धर्मको आमा भनेर पनि चिनिन्छन् । उनी एक तिब्बती राजकुमारी थिइन् जो पद्मसंभवको विद्यार्थी भइन् र तिब्बतमा बुद्ध धर्म स्थापना गर्न मद्दत गर्ने श्रेय पाइन । उनी एक प्रख्यात लेखक पनि थिइन् र उनले धेरै आध्यात्मिक शिक्षाहरूलाई तेर्माको रूपमा लुकाएकी थिइन्, जुन पछि जब संसार तिनीहरूलाई प्राप्त गर्न तयार हुन्छ वा अवश्याक पर्नेछ तब प्रकट हुनेछ ।

टशी खिद्रेन पद्मसंभवका पाँच आध्यात्मिक महिला साथीहरू मध्ये तेस्रोे थिए र जस्लाई धर्मको गुरु मानिन्थ्यो । उनी आफ्नो बुद्धि, दया र अरूलाई निको पार्ने क्षमताको लागि प्रख्यात थिइन् । टशी खिद्रेनलाई धेरै तेर्म शिक्षाहरू प्रकट गर्ने श्रेय पनि दिइन्छ, जुन तिब्बती बौद्ध अभ्यासको महत्त्वपूर्ण भाग बनेको छ ।

कलासिद्धि पद्मसंभवका पाँच आध्यात्मिक महिला साथीहरू मध्ये चौथौ थिइन् र धर्मको भित्री अभ्यासहरूमा उनको महारतको लागि परिचित थिए । उनले एक दुर्लभ आध्यात्मिक उपलब्धि इन्द्रेणी शरीर (जसमा भौतिक शरीर मृत्युको समयमा प्रकाशमा विलीन हुन्छ) प्राप्त गरिन् भनिएको छ,। कलासिद्धिलाई डाकिनी योगको अभ्यास सहित धेरै तेर्म शिक्षाहरू प्रकट गरेको श्रेय पनि दिइन्छ ।

वज्रसाद्वी पद्मसम्भवकी पाँच आध्यात्मिक महिला साथीहरू मध्ये पाँचौ थिइन् र मनको प्रकृतिमा उनको अन्तरदृष्टिको लागि परिचित थिए । उनी धर्मको गुरु थिइन् र अरूलाई ज्ञानको मार्गमा डोर्याउने क्षमताको लागि प्रख्यात थिइन् । वज्रसाद्वीलाई गुप्त सारको साधनाको अभ्यास सहित धेरै तेर्म शिक्षाहरू प्रकट गरेको श्रेय पनि दिइन्छ ।

यात्रा कार्यक्रम

द्रष्टव्य : काठमाण्डौ देखि बसमा पनि सहजै जान सकिन्छ ।

लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • काठमाण्डौं - दिल्ली- काठमाण्डौं जाने आउने विमान भाडा
  • दिल्ली - रेवलसार - दिल्ली बस सेवा
  • दैनिक कार्यक्रम (दिल्ली र ताजमहल लगायत) अनुसारको भ्रमण र सवारी साधन
  • दैनिक कार्यक्रम अनुसारको होटल बसाइ र खाजा
  • मार्गदर्शक शुल्क
लागतमा समावेश नभएकासेवाहरू
  • काठमाडौं देखि काठमाडौं सम्मेको दिउँसो र बेलुकाको खाना
  • उडान रद्द, खराब मौसम, सडक अवरुद्ध र प्याकेज बाहेक अतिरिक्त दिन बस्ने अवस्थामा परिआएका खर्चहरु
  • यात्रा बीमा
  • व्यक्ति गत प्रकृतिको खर्च
  • पथप्रदर्शक, चालक र सहचालकहरूलाई टिप्स ।
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्