ताक्मो लु ज्यीन् (नमो बुद्ध)

मा प्रकाशित गर्नुहोस्: फेब्रुअरी 6, 2024

परिचय
नमो बुद्ध काभ्रेपलाञ्चोक जिल्लाको पनौती नजिकै अवस्थित एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो । यो बौद्ध धर्मावलम्बीहरुले मान्ने तीन महान् बौद्धहरु बौद्धनाथ, स्वयम्भूनाथ र नामोबुद्ध मध्ये एक हो । नमो बुद्ध, जसको अर्थ “बुद्धलाई अभिवादन” भनिन्छ, एक पवित्र स्थल हो जुन हजारौं वर्षदेखि पवित्र रहेको छ । नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

बौद्ध किम्बदन्तीमा उल्लेख भएअनुसर यो वर्तमान पनौती सहरसँग सम्बन्धित छ । पनौतीको पुरानो नाम राजामहर्थको पालामा पाँचाल र गुणलतियावतीपुर थियो । एक समयमा राजपरिवार सबै रमइलो गर्नको निम्ति जङ्गलमा जानुभएको थियो । राजकुमारहरु खेल्ने क्रममा घना जङ्गल भित्र पुगे । त्यहाँ कान्छा राजकुमारले बाघिनीलाई भेटे, जस्ले ५ वटा डमरुहरुलाई जन्म दिएकी थिइन् । तर उनी यति कमजोर थिइन कि उनी शिकारमा जान सक्दिनथिन् भने आफ्ना बच्चाहरुलाई भोकले मर्न छोडिन् । परम धर्मपराणतामा दयालु राजकुमारले बाघिनी र बच्चाहरुलाई जीवित राख्नको लागि आफ्नो मासु र रगत अर्पण गर्नुभयो ।

यस स्थनमा बुद्धको परम बलिदानको सम्मानमा निर्माण गरिएको एउटा सानो बौद्ध स्तूप छ । बौद्ध धर्मका पवित्र पुस्तकहरुले राजकुमार सिद्धार्थगौतम बुद्धको आगमन अघिका जीवनी रहेको र ती पाँचड मरुहरु गौतम बुद्धको पहिलो पाँच शिष्यहरु रहेको जातक कथाहरुमा वणर्न गरिएको छ ।

हालको नमो बुद्ध (ताक्मो लु ज्यीन्) को पुरातन कथा
पुरातन कालमा, धेरै अथाह युगहरू पहिले, हाम्रा सिद्ध गुरु बुद्धले आफ्नो पूर्वकालको एक जन्ममा शिक्षाको मार्गमा अभ्यास गर्दै हुनुहुन्थ्यो । त्यो जन्मको एक घटनामा बाघिनी र तिनका डमरुहरु भोकले सताएको देख्दा कसरी दयामा परे र बाघिनी र तिनका डमरुहरुलाई आफ्नो शरीर अर्पण कसरी गरे भन्ने कथा यहाँ प्रस्तुत गरिएको छ ।

पुरातन विगतमा, यस क्षेत्रमा शिंगटा चेन्पो (महरथ) नामका एक राजाको शासन थियो, जसले लगभग पाँचहजार प्रजाको सानो राज्य (हालको साँखु) मा शासन गर्दथे । राजाको पुण्य सञ्चयले गर्दा उनका सबै प्रजाले सुख र कल्याण पाएका थिए भने बाली र पशुपालनहरु फस्टाएको थिए । राजाका तीन राजकुमारहरु थिएः जेठोको नाम डा क्षेन्पो (महादेव), माइलाको ल्हाक्षेन्पो (महाशब्द) र कान्छो सेम्पा क्षेन्पो (महासत्य) थिए । युद्धकलामा निपूण र आत्मविश्वासमा शक्तिशाली, दुई जेठा राजकुमारहरूले सधैं राज्यशासन गर्न राजालाई मद्दत गरे,तर कान्छो राजकुमार आफ्नो प्रारम्भिक वर्ष देखि नै हृदयी र करुणाले सम्पन्न थिए ।

एक दिन समय ठिक हुँदा राजा, आफ्नी रानी, राजकुमारहरू र मन्त्रीहरू सहित देशमा आराम गर्न शहर छोडे । राजा र रानी हात्तीमा सवार थिए भने राजकुमारहरू, मन्त्रीहरू र कर्मचारीहरू सुन्दर घोडाहरूमा सवार थिए। आधादिनको यात्रापछि, तिनीहरू चराहरूको आवाजले गुञ्जिरहेको घना जङ्गलमा प्रशस्त विविधताका फूलहरू फुलिरहेका मनोरम स्थानमा आइपुगे । यो दृश्य देखेर राजा खुसी भए र सबैको रमाइलोको लागि ठूलो छाउनी तयार गर्न आदेश दिए । राजाको अज्ञामा कर्मचारीहरुले तुरुन्तै सबै चिजहरू खोलिदिए, पाल टाँगे र खाना पकाउनको लागि ढुङ्गाको चूल्हा राखे । सेवकहरूले विभिन्न किसिमका खानेकुराहरू तयार पार्दै र सबैलाई पेय पदर्थ खुवाए । त्यसपछि, शिविरलाई स्वर्गीय क्षेत्रमा परिणत गर्दै युवाहरू गाउन, नाच्न र खेल्न थाले । राजा, रानी र मन्त्रीहरूले चौरासी ब्यञ्जन युक्त भोजनको मजा लिँदै मनोरञ्जनमा नजर दिएर सघाए ।

त्यसपछि तीनै राजकुमारहरू, आफ्नो युवावस्थाको भरमा, आ-आफ्ना धनु, बाण र तरवारमा सजिएर जङ्गलतिर लागे । हिँड्दै जाँदा तिनीहरू घना जङ्गलमा रहेको एउटा ओढारमा पुगे । त्यस ओढारभित्र एउटा दुब्लो बाघिनीलाई आफ्ना डमरुहरूको छेउमा लडिरहेको देखे । ड क्षेन्पो र ल्ह क्षेन्पोले आफ्नो धनुमा तीर चढाएर बाघिनीलाई मार्न तयार भए, तर सेम्पा क्षेन्पोले आफ्ना भाइहरूलाई मार्नु गलत भएको भन्दै रोके । जब उनले फेरि गुफामा हेरे, सेम्पा क्षेन्पोले देखे कि बाघिनी हिड्न सक्ने अवस्थामा छैन र भर्खर जन्मेका डमरुलाई दुध खुवाउन र शिकार गरेर आफू र डमरुलाई बचाउने सामथ्र्यमा छैन । मानिस आएको थाहा पाएर पनि ती बाघिनी भोकले सताएर टाउको उठाउन नसकेर भुइँमा पल्टिन् । ती दृश्यले राजकुमार सेम्पा क्षेन्पोको हृदयको गहिराइबाट उठेको करुणा आँसुमा उत्प्रेरित भयो । उसले दाइहरूलाई सोध्यो कि कुन खानेकुराले बाघिनी र तिनका बच्चाहरूलाई बचाउँछ ? तिनीहरूले जवाफदिए, बाघले ताजा तातोरगत र भर्खरै मारेको मासु खानपाए बच्छ । त्यसैले यदि तपाईं यिनीहरुलाई बचाउन चाहनुहुन्छ भने, तपाईंले ताजा रगत र मासु फेलापार्न सक्नुपर्छ ।

राजकुमार सेम्पा क्षेन्पोले एक क्षणको लागि सोचेः बाघिनी र यिनका डमरुहरूलाई बचाउन तातो रगत र मासु चाहिने कुरा साँच्चै सत्य हो । तर त्यसका लागि मैले अर्को जीवित प्राणीलाई मार्नु पर्छ, र यसको मतलब एउटालाई बचाउनअर्कोलाई मार्नु पर्छ । अरु के गर्न सक्छु ? उसले धेरै बेर सोच्यो, तर समाधान पाउन सकेन । त्यसपछि उनका दाईहरूले भने, हामी यहाँ रमाइलो समय बिताउन आएका हौं । यो बाघ र तिनका बच्चाहरूको बारेमा चिन्ता गर्नु बेकार छ । छाउनीमा रहेकाहरु सबै फर्कने समय भयो होला, फर्कौ भन्दै त्यहाँबाट फर्किए ।

आफ्ना दाईहरूलाई पछ्याउँदै छाउनीमा फर्किदा राजकुमार सेम्पा क्षेन्पोेले सोचे, मैले धेरै समयदेखि संसारको समय चक्रमा घुमिरहेको छु, कहिले अत्यधिक इच्छा, कहिले घृणा, कहिले अज्ञानताले अनगिन्ती जीवन बर्बाद गर्दै आएको छु । अरुको लागि त्याग गर्ने यस्तो अवसर मैले विरलै भेटेको छु । यो शरीर धर्मको लागि होइन भने अरु केमा प्रयोग हुन्छ ? अन्ततः राजकुमार सेम्पा क्षेन्पोले निणर्य गरे कि यस पटकको जुनीमा म साँच्चै उदार हुनुपर्छ ।तसर्थ आफ्ना दाईहरूसँग धेरै टाढासम्मा फर्कनु अघि, उहाँले दाईहरूलाई भन्नुभयो, तपाईंहरू दुवै अगाडि बढ्दै गर्नु, मैले हेरचाह गर्न केही छ र छिट्टै तपाईंहरुलाई भेट्नेछु ।

त्यसपछि राजकुमार सेम्पा क्षेन्पो आफ्नो हिँडाईलाई तीव्र पार्दै बाघिनीको ओढारको बाटो लियो । जब उसले कमजोर बाघिनीलाई पुनः भेट्टायो । उसलाई यति दया लाग्यो कि उसले आफ्ना सबै लुगा र गहनाहरू खोलेर नजिकैको रूखमा झुण्ड्याएर बाघिनीको अगाडि सुते, तर बाघिनी यति कमजोर थिइन् कि तिनले आफ्ना पन्जाहरू र मुख पनि खोल्न सकिनन् । तब राजकुमार सेम्पा क्षेन्पोले प्रार्थना गर्छन्, “आज म यी जीवनहरूको रक्षा गर्नको लागि यो जीवन त्याग गर्दैछु, र यसको पुण्यद्वारा सर्वोच्च ज्ञान प्राप्त गरी उनीहरूलाई ज्ञान दिई सांसारिक जीवनबाट मुक्त गराउँछु”। प्रार्थनापछि, सेम्पा क्षेन्पोले रूखबाट आफ्नो हतियार लिए, आफ्नो शरीरलाई काटे, जसलाई उनले बाघिनीलाई चाट्न दिए । केही समय नबित्दै बाघिनीले आफ्नो बङ्गारा खोलिन् र उभिइन्, गर्जनको साथ तिनले राजकुमारलाई खाइन र आफू र आफ्ना डमरुहरुलाई बचाइन् ।

यता दुई भाइहरू बाटोमा लामो समय पर्खनुभयो, तर कान्छो राजकुमार फर्केर आएन । त्यसैले तिनीहरू उसलाई खोज्न लागे । उसले पहिले भनेको कुरालाई बिचार गर्दा उनीहरूलाई बाघिनीको ओढारमा फर्केको कुरामा कुनै शंका भएन । जब तिनीहरू ओढारमा पुगेर हेरे, तिनीहरूले आफ्नो भाइको रगत, हड्डी र झुण्ड्याएको लुगाहरू बाहेक केही बाँकी भेट्टाएनन् । यी दुःखन्त दृश्यले, राजकुमार ड क्षेन्पो र ल्ह क्षेन्पो निःशब्द भए । दुवैले आफ्ना भाइको लुगाहरू लिएर गहिरो दुःखले रुँदै आफ्ना छाउनी तिर लागे ।

यसै समयमा, रानी एक निद्रामा थिइन् र सपनामा तीन ढुकुरहरू आकाशमा उडिरहेको देखिन् । तिनीहरू वरिपरि उडिरहेको बेलामा सबै भन्दा सानोलाई बाजले हान्यो । आतङ्कित भएर रानीले तुरुन्तै राजालाई आफ्नो सपना सुनाइन् । उहाँले जवाफ दिनुभयो, तपाईंको सपना सुनेर, मलाई विश्वास छ कि तीन ढुकुर हाम्रा तीन छोराहरू हुन् । ती मध्ये बाजले बोकेको मेरो सबैभन्दा प्यारो छोरा हो । म पक्का छु कि उसलाई केही भयानक घट्न भएको छ । यसो भन्दै राजाले तुरुन्तै आफ्नो छोराको खोजी गर्न सेवकहरू पठाए ।

चाँडै, दुई राजकुमारहरू छाउनी पुगे र राजाले सोधे, के मेरो प्यारो छोरालाई केही खराब भयो ? केही खबर छ ? दुःखले निसासिएका दुईजना राजकुमारहरु बोल्न वा केही बेर सास फेर्न पनि असमर्थ थिए । अन्तमा, तिनीहरूले गहिरो सास फेरे र आफ्ना आमाबाबुलाई भने कि राजकुमार सेम्पा क्षेन्पोले बाघिनी र तिनका डमरुहरुलाई बचाउन आफ्नो शारीर दान गरे ।

यो भयानक खबर सुनेर रानी तुरुन्तै बेहोस भइन्, राजा अपार दुःखमा डुबे र शोकाकुल रहे । लामो समय निःशब्दरही गहिरो सास लिएपछि, राजा, रानीर दुई राजकुमारहरू कान्छो राजकुमारको शरीर दान गरेको ठाउँमा पुगे । जब ओढारमा आइपुगे, बाघले छोडेको हड्डी र रगतका थोपाहरू मात्र बाँकी थिए । रानी पछि हटिन्, धेरै रोइन् र लामो समयसम्म विमार रहिन् ।

यसैबीच, राजकुमारको ञ्यीङतोप क्षेन्पो (महासाहस) को रूपमा तुशिताभुवनमा पुनर्जन्म भएको थियो । उनले अफैलाई सोधे, यहाँ तुशिताको स्वर्गीय क्षेत्रमा पुनर्जन्म पाउन मैले के गरें ? आफ्नो दिव्य ज्ञानमार्फत, उहाँले राम्ररी पाँच क्षेत्रहरू जाँच्नुभयो । महासाहसले देखे, बाघिनीले छोडेका उनका हड्डीका टुक्राहरू वरिपरि उनका आमाबाबु र दुई दाईहरू भेला भएका थिए । तिनीहरू विलापमा डुबेका थिए र पूर्णरूपमा दुःखी थिए ।ञ्यीङतोप क्षेन्पोले सोचे कि मेरा आमाबाबुले यस्तो दुःखी अनुभव गरिरहेका छन्, यसले उनीहरूको जीवनलाई खतरामा पार्न सक्छ । तिनीहरूको आत्मालाई हल्का बनाउनका लागि म तिनीहरूसँग कुरा गर्छु ।

उहाँ तुशिताभुवनबाट आकाशमा ओर्लनु भयो र आफ्नाआमाबाबुलाई सान्त्वना दिन प्रोत्साहनका शब्दहरू बोल्नुभयोः “म सेम्पा क्षेन्पो हुँ, मैले भोको बाघिनीलाई उदारतामा मेरो शरीर दिएपछि, मैले तुशिताको स्वर्गीय क्षेत्रमा पुनर्जन्म पाएँ” । आँखा भरि आँसु लिएर राजा र रानीले भने, छोरा, तिमी जो हाम्रो हृदय जस्तै छौ, आफ्नो शरीर बाघलाई अर्पण गरेर बचाउनु पक्कै पनि प्रशंसनीय थियो । तर तिमीलाई गुमाउनुको पीडा हामीले कसलाई सुनाउने ? कसरी सहने ?

ञ्यीङतोप क्षेन्पोले जवाफ दियो, कृपया दुःखी नहुनुहोस् । जन्मको अन्त्य मृत्यु हो, मिलनको अन्त्य वियोग हो । यसलाई कसैले पार गर्न सक्दैन । किनभने यो नियमहरु प्रकृतिको चक्र हो । यो सबैको लागि समान छ। यदि हामीले नराम्रो कर्म गर्छौ भने हामी नरकमा पर्नेछौ र यदि हामीले पुण्य कर्म गर्छौ भने हामी उच्च स्थानमा पुनर्जन्म पाउनेछौ । त्यसैले लगनशीलताका साथ पुण्यको पछि लाग्नुहोस् । प्रार्थना गर्नुहोस्, र अर्को जीवनमा हामी निश्चित रूपमा स्वर्गीय क्षेत्रमा भेट्नेछौं ।

केहि शब्दपछि, उनी बिलाप भए । राजा र रानी अलि खुसी भए र पुण्य कार्यमा लाग्ने प्रतिबद्धता गरे । उनीहरूले सात प्रकारका रत्नहरूले ढाकिएको एउटा सानो बाकस बनाए जसमा उनीहरूले आफ्नो छोराको हड्डीहरू राखे र त्यो गाडिएको ठाउँमाथि एउटा बौद्ध स्तुप बनाइयो, जुन चाँहि हालको नमो बुद्ध स्तुप हो ।सेम्पा क्षेन्पोले तुसीता भुवनमा जन्म लिएको धेरै जीवनपछि, शाक्यमुनि बुद्धमा जन्म लिन्छ । त्यसैले नमो बुद्ध र पनौती सहरहरू पुरातन र पवित्र ठाउँहरू हुन् ।

नमोबुद्ध स्तुपा भन्दा करिब आठ किलोमिटर तल राजा महारथको दरबार भनिएको स्थान छ । आज पनि चौथो तिब्बती महिनाको पन्ध्रौँ दिनमा यस क्षेत्रका मानिसहरूले काँसा र सुनको बुद्धको मुर्ति स्थापना गरी दिनभर भेलाहुने चलन छ।

अर्को रोचक स्थान स्तूपा भन्दा तीन किलोमिटर तल एउटा सानो मन्दिरमा राजकुमार सेम्पा क्षेन्पोको आमाको समाधिस्थल रहेको बताइएको छ। यी बाहेक, स्तुप मुनिको जङ्गलमा, सानो झरनाले धन्यको पानी दिन्छ । स्तूपबाट करिब पन्ध्र मिनेटको पैदल दूरीमा राजकुमारले आफ्नो शरीरलाई दान अर्पण गरेको ठाउँको भ्रमण गर्न सकिन्छ ।

यात्रा कार्यक्रम

काठमाडौं बाट नमोबुद्धसम्म गाडीमा यात्रा गर्ने । नमोबुद्ध पुगेपछि पवित्र स्थानहरूको दर्शन भ्रमण गर्ने । लुङथर, क्ष्योमिन (घ्यूको बत्ती) र छोवा (प्रसाद) हरु चडाउने र पूजा गर्ने । खाना खाएर काठमाडौं फर्किने ।

लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • काठमाडौं - काठमाडौं यातायात
  • मार्गदर्शक शुल्क
लागतमा समावेश नभएकासेवाहरू
  • माथिको लागतमा समावेश सेवहरुमा उल्लेख नगरिएको अन्य सेवहरु
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्