त्रिलोकीनाथ मन्दिर दर्शन

मा प्रकाशित गर्नुहोस्: मार्च 4, 2024

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा रहेको त्रिलोकीनाथ गाउँमा छ । यो तिब्बती बौद्ध र हिन्दू दुवैको लागि पवित्र छ । सेतो रंगले रंगएको यो चम्किलो मन्दिर गाउँको अन्तिममा रहेका सडकको छेउको चट्टानी भीरमा रहेको छ र यस स्थानकोे उचाई समुद्री सतहबाट २,७६० मिटरमा छ।

नाम
त्रिलोकिनाथ हिन्दूमा शिवको नाम मध्ये एक हो, जसको अर्थ “तिनलोकको भगवान” हो, ईसाईमा यस्को अर्थ ईश्वरको तीन व्यक्तिहरू (पिता, पुत्र र पवित्र आत्मा) जनिन्छ। तथापि स्थानीय परम्पराले स्पष्ट रूपमा बताउँछ कि यो मूल रूपमा एक बौद्ध विहार थियो, यद्यपि हाललाई मौलिक भवनको केही पनि बाँकी छैन ।

इतिहास
मन्दिरमा छ–टाउको भएको अवलोकितेश्वरको संगमरमरको मूर्ति छ जुन दशकौं अघि चोरी भएको थियो ।तत्पश्चात, खैरो ढुङ्गाले बनेको मूर्तिद्वारा प्रतिस्थापन गरिएको थियो, र पछि हालको छ–हातयुक्त सेतो संगमरमर अवलोकितेश्वरको मूर्तिद्वारा प्रतिस्थापन गरे भन्ने यतिहास छ । १२ औं शताब्दी देखी यसलाई बौद्धहरूद्वारा अवलोकितेश्वर र हिन्दूहरूद्वारा शिवको रूपमा सम्मान गरिन्छ र अमिताभ बुद्धको मूर्तिको मुकुट लगाएको छ ।मन्दिरको परिसरमा पछि भनएको शिवलिङ्ग र नन्दी छ ।

मूलमूर्ति चन्द्र र भागा नदीको संगम नजिकै पाइने अवलोकितेश्वरको टाउकोको साथमा रहेको भनिन्छ र अहिले गुरु घन्टाल वा गन्धोला गोन्पामा राखिएको छ । यो टाउको नागार्जुन (दोस्रो शताब्दी ईस्वी) को समय सम्मको दावी गरिएको छ जसले नजिकैको जाङ्स्करको सानो मठमा रहेको प्रसिद्ध कनिका (कनिष्क) स्तूपसँग केही सम्बन्धलाई संकेत गर्छ । एउटा प्रचलित कथामा भनिएको छ कि कुलु राजा त्रिलोकीनाथ पुगे र मूर्ति बोक्न खोजे तर सार्न पनि नसकिए पछि पराजित भए । संगमरमरको आकृतिको दाहिने खुट्टामा एक निशान छ, जुन उक्त समयको एक कुल्लु सिपाहीद्वारा तरवार प्रहारको परिणाम हो भनिन्छ ।

मूल मन्दिरका स्तम्भहरू ९ औं शताब्दीमा राजा ललिता दित्यको समयको हो । आंगनमा ठुला बौद्ध झण्डाहरू, शिवको प्रतिनिधित्व गर्ने लिंग र सानो नन्दीले सजाइएको छ । बौद्ध र हिन्दू दुवैले यहाँ साउन भाद्र महिनमा तिन दिने पौरी पर्व मनाउँछन् ।

यात्रा कार्यक्रम

मनालीमा दीउसोको खाना खाने । एक रात मनालीमा बस्ने । साँझ पाखा मनाली बजार गुम्ने ।

मनालीमा केही पर्यटकिया स्थलहरुको भ्रमण र बौद्धहरुको तीर्थास्थाल लींकेशर डुप्क्षु दर्शन गरी बाँकी समय विश्राम गर्ने र बेलुक दिल्ली फर्कने ।

लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • काठमाण्डौं – दिल्ली – काठमाण्डौं जाने आउने विमान भाडा
  • दिल्ली – रेवलसार र मनली – दिल्ली बस सेवा
  • दैनिक कार्यक्रम (दिल्ली र ताज महल लगायत) अनुसारको भ्रमण र सवारी साधन
  • दैनिक कार्यक्रम अनुसारको होटल बसाइ र खाजा
  • मार्गदर्शक शुल्क
लागतमा समावेश नभएकासेवाहरू
  • काठमाडौं देखि काठमाडौं सम्मको दिउँसो र बेलुकाको खाना
  • उडान रद्द, खराब मौसम, सडक अवरुद्ध र प्याकेज बाहेक अतिरिक्त दिन बस्ने अवस्थामा परिआएका खर्चहरु
  • यात्राबीमा
  • व्यक्तिगत प्रकृतिको खर्च
  • पथप्रदर्शक, चालक र सहचालकहरूलाई टिप्स ।
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

हलेसी माराटिका

परिचय हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्