हलेसी माराटिका

मा प्रकाशित गर्नुहोस्: फेब्रुअरी 6, 2024

परिचय
हलेसी भन्नाले शेर्पा र तिब्बती भाषामा प्रशंसनीय (हल्याउ) भनेर बुझिन्छ र माराटिकाको अर्थ माराहरु (मृत्युको अन्त्य वा मारा राक्षस हटाएकोे) परास्त गर्नु भन्ने हुन्छ । तसर्थ हलेसी–माराटिका भन्नाले “माराहरुमाथि प्रशंसनीय विजय” भन्ने बुझिन्छ । हलेसी–माराटिका गुफाहरू पूर्वी खोटाङको महादेवस्थान गाउँको छेउमा रहेका छन् । यो गुफा गुरु पद्मसम्भवको जीवनीसँग प्रत्यक्ष सम्बन्धित भएकोले बौद्धमार्गीहरुका लागि एक माहन र पवित्र स्थलको रूपमा चिनिन्छन् । गुरु पद्मसम्भवले भारतबाट तिब्बत जाने क्रममा हलेसीको तल्लो गुफामा राक्षसहरुलाई नष्ट गरी माथिल्लो गुफामा ध्यानमा रही अमरत्व (कहिल्यै नमर्ने) को विद्याधारा प्राप्त गरेका थिए ।

हलेसी माराटिका गुफाहरू
हलेसी माराटिका गुफाहरू पूर्वी खोटाङ जिल्लाको महादेवस्थान गाउँको छेउमा, समुद्र सतहबाट ३,१०० मिटर (४,७३४ फिट) को उचाइमा अवस्थित छन् । गुफा र गोन्पा (बौद्ध मठ) सगरमाथा देखि १८५ किलोमिटर दक्षिण पश्चिम र काठमाण्डौ देखि करिब २१७ किलोमिटर पूर्वमा रहेको छ । यो गुफा बौद्ध, हिन्दु र किराँत धर्मावलम्बीहरूका लागि एक पूज्य तीर्थस्थल हो । हलेसीका गुफाहरू बिशेषगरी बौद्धमार्गीहरूका लागि पवित्र स्थल हो भने हिन्दुहरूले हलेसीलाई शिवको रूप महादेवसँग जोड्दछन् र दर्शनीय मान्दछन् । किराँतीहरूले हलेसीलाई पुर्खाको देवताको रुपमा पुज्ने गर्दछन् । किराँतहरूको समृद्ध मौखिक परम्परा “किराँत मुन्धुम” ले उनीहरूका पुर्खा छाकुलेराई (खोक्चिलिप) हेच्छकुप्पा भनेर चिनिने पुर्खाको देवता हलेसी गुफाभित्र बस्ने गरेको मान्दछन् । यही विश्वासको कारणले किराँतहरूले हलेसीलाई आफ्नो पुख्र्यौली ठाउँ मानी आएका छन् ।

इतिहास
हलेसी माराटिकाका गुफाहरू हिमालयन साहित्यमा १२ औं शताब्दीको रूपमा उल्लेख गरिएको छ । गुरु पद्मसम्भवको जीवनी (कथाङ सङलीङ्) मा मौलिक घटनाहरुको वर्णन गरिएको छ, जसले हलेसी मारातीका गुफाहरु बज्रयान अभ्यासीहरूका लागि एक पवित्र र महत्वपूर्ण स्थानको रुपमा सहयोगी रहन्छ ।

बौद्ध धर्म
हलेसी गुफामा बोधिसत्व अवलोकितेश्वरको अनुरोधमा, अमिताभ बुद्धले लामो आयुका १८ वटा तन्त्रहरू सिकाउनुभयो, जसलाई डाकिनी साङ्वा येशेले मराटिकामा तेर्माको रूपमा लुकाइदिनुभयो । बुद्ध अमितायुसले आकाशमा प्रकट भएर दीक्षा दिँदा गुरु पद्मसम्भव र डाकिनी मन्दरवाले ९० दिनसम्म दीर्घायुको उपदेशको अभ्यास गरेर दीर्घायुको विद्याधारा प्राप्त गरेका थिए । तसर्थ यहाँ बुद्ध अमिताभको दीर्घायु शिक्षाहरूको आशीर्वाद छ । मराटिकालाई तीन रक्षकहरु मञ्जुश्री, वज्रपानी र अवलोकितेश्वरले पनि आशीर्वाद दिएका थिए । यस गुफामा गुरु पद्मसम्भवले भारतबाट तिब्बत जाने क्रममा तल्लो गुफामा भष्मासुर रक्षसलाई नष्ट गर्नुभएको थियो भने माथिल्लो गुफामा बुद्ध अमीतायुको ध्यानद्वार अमरत्वको विद्याधारा प्राप्त गर्नुभएको थियो । यस तीर्थस्थलमा प्रायःजसो भक्तजनहरु आयु, धनसम्पत्ति र सन्तान प्राप्तिका लागि आउने गरेको पाईन्छ । यस तीर्थस्थलमा अमीतायु बुद्धको आयुको कलाश (ग्यक्षेन दे ज्यी), चार दिशाको राजाहरुको ढुङ्गाको स्वरुप, स्वर्गद्वार, नरकद्वार (पाप गरे नगरेको हेर्ने ठाउँहरु) लगायत दर्शनीय स्थानहरु रहेका छन् । अहिले यहाँ लुङथर, क्ष्योमिन (घ्यूको बत्ती) र छोवा (प्रसाद) हरु चढाउन भक्तजनहरु तिब्बत, भुटान र भारत समेतका देशहरुबाट आउने गरेका छन् ।

हिन्दु धर्म
भारतबाट हिन्दुहरू लामो यात्रा तय गरेर यस ठाउँको दर्शन गर्न आउने गर्दछन्। प्रायः जसो प्रत्येक वर्ष श्रावण महिनामा हलेसी महादेवको दर्शन गर्न धेरै धर्मावलम्बीहरु यहाँ आउने गर्दछन् । यस गुफामा भगवान शिव भष्मासुर राक्षसबाट बाँच्न ६ हजार वर्षसम्म लुकेर बसेको विश्वास गरिन्छ ।

यात्रा कार्यक्रम
लागत समावेश सेवाहरु / लागतमा समावेश नभएकासेवाहरू
लागत समावेश सेवाहरु
  • काठमाडौं - काठमाडौं यातायात
  • एक रात होटल र विहानको खाजा
  • मार्गदर्शक शुल्क
लागतमा समावेश नभएकासेवाहरू
  • भ्रमण अवाधिको लागि दिउँसो र बेलुकाको खानाहरु
  • सबै प्रकारका पेय पदार्थहरु
  • माथिको लागतमा समावेश सेवहरुमा उल्लेख नगरिएको अन्य सेवहरु
नेपाल, भारत, तिब्बत र श्रीलंकाको बौद्ध तीर्थयात्रा गर्न जानु एउटा परिवर्तनकारी अनुभव हो।

तीर्थयात्रा

मार्च 18, 2024

श्रीलंकाको बौद्ध यात्रा

१४ रात १५ दिनको पहिले कहिल्यै नगरिएको श्रीलंकाको बौद्ध यात्रा श्रीलंका बौद्ध दर्शन पछ्याउने एक लचिलो राष्ट्र हो । जहाँ तपाईले भगवान बुद्धको पदचिह्न, हिन्द महासागरको प्राचीन संस्कृति र आध्यात्मिक अभ्यासको साक्षी पाउनुहुनेछ । काठमाडौं बाट […]

थप पढ्नुहोस्
मार्च 4, 2024

त्रिलोकीनाथ मन्दिर दर्शन

श्री त्रिलोकीनाथ मन्दिर (तिब्बतीमा गर्श फाक्पा གར་ཞ་འཕགས་པ) भारतको हिमाचल प्रदेशको लाहौल र स्पीति जिल्लामा स्थीत छ । यो दर्शनीय स्थान चन्द्रभागा वा चेनाब नदीको बायाँ किनाराबाट ६ किमी दक्षिणमा र उदाईपुर गाउँबाट करिब ९ किमीको दूरीमा […]

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

क्षुमीक च्यङक्षुप (दामान)

क्षुमीक च्यङक्षुप (ऋषेश्वर) ཆུ་མིག་བྱང་ཆུབ་, मकवानपुर जिल्लाको दामान र सिमभञ्ज्याङको बीचमा गुरू पद्मसम्भवको पवित्र तीर्थस्थान रहेको छ । यो तीर्थस्थान बौद्धमार्गीहरुका लागि धेरै समहत्वपूर्ण मनिन्छ । गुरु पद्मसम्भवले नेपाल, भारत र तिब्बतमा अति भयानक एवं डरलाग्दोे राक्षस र दानवहरुले धेरै दुःखदिने स्थानहरुमा पाईला राखी केही दिन ध्यान बस्दै, शक्ति प्रप्त गर्दै...

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

छो पेमा अथवा रेवलसर

छो पेमा अथवा रेवलसर ताल, जसलाई तिब्बती भाषामा छो पेमा (छो-पोखरी, पेमा-कमलको फूल) भनिन्छ, जुन भारतको हिमाञ्चल प्रदेश स्थित मण्डी जिल्लाको पहाडमा अवस्थित मध्य-उचाईमा रहेको ताल हो । मण्डी शहरबाट २२.५ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस ताल समुन्द्र सतहबाट लगभग १,३६० मिटर (४,४६० फिट) को उचाइमा रहेको छ ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ल्हासा र कैलाशपर्वत यात्रा

तिब्बतको ल्हासा र कैलाशपर्वत (काङ रिन्पोक्षे) को हाम्रो यात्रा नेपालको राजधानी काठमाडौंबाट ल्हासा सिधा उडानबाट सुरु हुन्छ । ल्हासाको मुख्य पवित्र स्थानहरू जस्तै जोखाङ मन्दिर, पोताला दरवार, नोर्बु लिंका र वरखोर, डेपुङ, सेरा, टक यर्पा, गदेन, सम्ये ल्हखङ लगायतको दर्शन भ्रमण गर्नेछौं । ल्हासा पछि कैलाश हुँदै काठमाडौं फर्कने बाटोमा हामी तिब्बतका प्रमुख सहरहरू, ग्यान्चे र सिगात्चे लगायत ठाउँमा रोकिन्छौं, र कुबुम क्ष्योर्तेन, टाशी ल्हुन्पो र शाक्य ल्हखङ जस्ता महत्त्वपूर्ण गोन्पाहरूको भ्रमण दर्शन गर्नेछौं ।

थप पढ्नुहोस्
फेब्रुअरी 6, 2024

ताक्मो लु ज्यीन् (नमो बुद्ध)

नमो बुद्धले बुद्धको पूर्व जीवनको असाधारण कथालाई प्रकाश गर्दछ, जसलाई एक बाघिनी र तिनका पाँच सानो डमरुको दयनीय दृश्यमा करुणाले छोएको थियो, जसको कारणले बोधिसत्व राजकुमारले आफ्नो शरीरलाई खानाको रूपमा बाघिनीलाई दिइ बाघिनी र डमरुहरुको जीवन बचेको थियो । नमो बुद्ध स्तुपको उत्पत्तिको दुःखद कथा बोधिसत्व भगवान बुद्धको बत्तीस पुनर्जन्मसँग सम्बन्धित रहेको छ । वर्तमान नमो बुद्धको पुरानो नाम गन्धमालापर्वत थियो ।

थप पढ्नुहोस्
जनवरी 30, 2024

“बुद्धको मार्गमा” तीर्थयात्रा कार्यक्रम

हामीले तपाईंलाई यी ठाउँहरूमा लैजान्छौं र भगवान बुद्धको आत्म-अनुशासित र पौराणिक जीवनको अनुभव गर्न मद्दत गर्दछौ । बुद्ध धर्मको उत्पत्ति भएको नेपालको लुम्बिनी-कपिलवस्तु र भारतका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध विरासतको समृद्ध सम्झनाहरू बोकेको पवित्र स्थानहरु र ती पवित्र स्थानहरुको वरपर छरिएर रहेका पवित्र कला र वास्तुकलाले भरिएका स्तूपहरू, चैत्यहरु र विहारहरूको भ्रमण गर्नु बौद्धमार्गी र  सबै धर्मका लागि जीवनकालमा कम्तीमा एक टक पुग्नैपर्ने स्थानहरु हुन् ।

थप पढ्नुहोस्